५० लाख दाइजो माग्दै श्रीमती कुटपिट गर्ने दास कारागार चलान

नेपालभ्युज

५० लाख दाइजो माग्दै श्रीमती कुटपिट गर्ने दास कारागार चलान

सप्तरी । घरेलु हिंसा तथा ५० लाख नगद दाइजो माग गर्दै आएको भनी श्रीमतीद्वारा आरोप लागेका राजविराज ३ का नवीन कुमार दासलाई बिहीबार सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

राजविराज वडा नम्बर ३ की आरती कुमारी दासले श्रीमान् सहित आफ्नै परिवारका सदस्यहरूले बिहे भएको वर्ष दिन नबित्दै आफूमाथि घरेलु हिंसा भएको आरोप लगाउँदै गत माघ २६ गते जाहेरी लिएर अदालत कुमारी अदालत पुगेकी थिइन् ।

विवाह सम्बन्धी कसुर मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतका एक नम्बर न्यायधिस हेमन्त रावलको एकल इजलासले पुर्पक्षका लागि आरोपित दासलाई कारागार चलान गरेको अधिवक्ता किरण कुमारी साहले जानकारी दिइन् । मुद्दाको अनुसन्धानको क्रममा यसअघि आरोपित दासलाई २५ दिनसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा भइराखेको अनुसन्धान अधिकृत राजीव गिरीले बताए । 

पीडित आरतीका अनुसार तीन वर्ष अघि बिहे भएको र त्यति वेलैदेखि थप दाइजो माग गर्दै ससुराली पक्षले आफूलाई कुटपिट गर्दै यातना दिँदै आएको हो । कहिले जग्गा किन्न त कहिले घर बनाउन कहिले छोरालाई पढाउन भनेर अनेक बहानामा माइती पक्षबाट नगद रुपैयाँ मागेर ल्याउन दबाब दिँदै आएको पीडितको भनाइ रहेको छ ।

‘गत वैशाख ५ गते श्रीमान् नवीनकुमार दास , सासू (ससुरा राजकुमारी र घनश्याम दास नन्द हरुको समेत मिलेर कोठाको ढोका थुनेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए । त्यसपछि आफ्नो गर्भ समेत तुहेको हो । आफू बाध्य भएर न्याय खोज्दै अदालत पुगेकी हुँ,’ आरतीले सुनाइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved