मोटोपन कम गर्न ग्रीन टी कतिबेला पिउने ?

नेपालभ्युज

मोटोपन कम गर्न ग्रीन टी कतिबेला पिउने ?

एजेन्सी । जहाँ कतिपय व्यक्ति ग्रीन टी पिएर आफ्नो तौल घटाउने गर्दछन् त्यहीँ केही व्यक्तिहरुले ग्रीन टी पिएर हाम्रो शरीरमा कुनै असर भएन भनिरहेका हुन्छन् ।

यसको पछाडि कारण के छ ? के ग्रीन टी पिउने कुनै सही समय र तरिका छ जसलाई हामीले अपनाउनुपर्ने हुन्छ ? आज हामी यस लेखमार्फत् ग्रीन टी पिउने सही समयका बारेमा जान्नेछौं । यसका फाइदा र यसलाई पिउने सही समयका बारेमा जानौं ।

ग्रीन टीका फाइदा

ग्रीन टीमा एन्टीअक्सीडेन्ट गुण प्राप्त हुन्छ । ग्रीन टी पिउनाले हाम्रो शरीरको मेटाबोलिज्म बुस्ट हुन्छ र तौल घट्न सहयोग हुन्छ । ग्रीन टी हाम्रो छालाको लागि पनि एकदमै राम्रो हुन्छ । पेटको बोसो घटाउनका लागि पनि ग्रीन टीको सेवन फाइदाजनक मानिन्छ ।

ग्रीन टी पिउने सही समय

विशेषज्ञहरुका अनुसार तौल कम गर्नका लागि तपाईं कुनै पनि बेला पिउनुस् यसले फाइदा गर्छ । ग्रीन टीमा एकदमै कम मात्रामा क्याफिन हुन्छ तर पनि यदी तपाईं क्याफिन सेन्सेटिभ हुनुहुन्छ भने यसलाई साँझ वा रातको समयमा नपिउनुहोस् । यसले निद्रा आउन समस्या हुन सक्छ । यसबाहेक यदी तपाईंलाई पिसाब धेरै नै आउँछ भने पनि साँझ वा रातको समयमा ग्रीन टी नपिउनुहोस् ।

एक दिनमा करीब ३–४ कप ग्रीन टी पिउन सकिन्छ । ग्रीन टीलाई तपाईं खाली पेट पनि पिउनसक्नुहुन्छ । खाना खाएको आधा घण्टापछि ग्रीन टी पिउनुभयो भने यसले खाना पचाउनमा पनि सहयोग गर्दछ ।

यसको क्यालोरी काउन्ट कस्तो हुन्छ

एक कप ग्रीन टीमा दुई क्यालोरी हुने गर्दछ । त्यहीँ हामी एक कप दुध वाला चिया वा कफीको कुरा गर्यौं भने त्यसमा लगभग १२०–१५० क्यालोरी हुन्छ । यसको अर्थ यदी हामी दिनमा दुई तीन कप त्यस्तो चियाकफी पियौं भने हाम्रो शरीरमा लगभग ३५० देखि ४५० क्यालोरीज पुग्छ । त्यहीँ २–३ पटक ग्रीन टी पिउनाले मात्र १० क्यालोरी हाम्रो शरीरमा पुग्छ ।

खानासँग पिउनुहुँदैन

ग्रीन टी होस् वा अन्य चियाकफी खानासँग कहिल्यै नपिउनुहोला । चियामा पाइने ट्यानिन शरीरमा आइरनलाई अवशोषण गर्ने क्षमता कम गर्छ । जसकारण हाम्रो खानाबाट पूरा पोषण प्राप्त हुँदैन ।

यस्तो गल्ती त गर्नुभएको छैन ?

ग्रीन टी सँग केक वा बिस्कुट जस्ता कुनै पनि स्न्याक्स लिनु हुँदैन । यदी तपाईं ग्रीन टी लाई तौल कम गर्नका लागि पिइरहनुभएको छ भने यसमा मह वा कुनै प्रकारको गुलियो पनि नराख्नुहोस् । किनकि यसरी पिउँदा तौल कम हुँदैन ।

साथै तपाईंले तौल कम गर्न ग्रीन टी पिउनुहुन्छ भने अन्य कुनै पनि चिया वा कफी पिउनुहुँदैन । ग्रीन टी त्यो पनि तातो पानी मात्र राखेको सादा पिउनुपर्छ । यसरी पिएको खण्डमा तौल कम अवश्य हुनेछ ।

ध्यान दिनुपर्ने कुरा

ग्रीन टी मात्र पिउँदैमा कसैको तौल कम हुँदैन । यसका साथै अन्य खानपानमा पनि अनुशासन बनाउन जरुरी हुन्छ । सबै खानेकुराहरु अत्यधिक मात्रामा सेवन गर्ने र अन्तिममा ग्रीन टी पिउँदैमा तौल कम कहिल्यै हुँदैन ।

तपाईंले आफ्नो खानपानमा चिल्लो, तारेको, मैदा आदि हटाउनुपर्दछ । तौल कम गर्नका लागि खानपानमा हरियो सागसब्जी, प्रोटिन आदि धेरै खानुपर्दछ । यसका साथै व्यायाम गर्नु पनि एकदमै फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved