यी ३ बानी जसले सुन्ने क्षमता घटाउँछ

नेपालभ्युज

यी ३ बानी जसले सुन्ने क्षमता घटाउँछ

एजेन्सी । हाम्रो जीवनशैलीका केही बानीले शरीरलाई धेरै असर गरिरहेको हुन्छ । त्यस्तै कतिपय बानीले सुन्ने क्षमता पनि कम हुन्छ । हामीले दिनहुँ जानीनजानी त्यस्ता काम गरिरहेका हुन्छौं जसले हाम्रो कानको क्षमतामा नकारात्मक असर पार्छन् ।

आज हामी यहाँ त्यस्ता बानी बारे बताउनेछौं जुन बेलैमा नसुधारे सुन्ने क्षमता कम हुँदै जानेछ ।

चर्को आवाजमा गीत सुन्नु

यदि ठूलो आवाजमा गीत सुन्ने बानी छ भने सतर्क हुनुहोस् । किनकि ठूलो आवाजमा गीत सुन्ने र हेडफोन वा इयरफोन लामो समय प्रयोग गर्नाले कानमा गम्भीर क्षति हुन सक्छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार हेडफोन वा इयरफोनका कारणले बितेका वर्षमा कान कम सुन्ने समस्या धेरै मात्रामा बढेको छ । चर्को आवाजले कानका पर्दामा धेरै दबाब सिर्जना हुन्छ, जसले विभिन्न समस्या देखिन थाल्छन् ।

व्यायाम नगर्नु

मानिसहरु धेरै व्यस्तताका कारण वा अल्छीपनाले व्यायाम गर्दैनन् । जसको असर सिंगो शरीरमै पर्न जान्छ । व्यायाम वा योग नगर्नुको असर कानमा पनि पर्छ । कुनै पनि खालको शारीरिक व्यायाम नगर्दा शरीरमा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन त्यसको असर कानमा पर्छ । यसरी पनि कानसम्बन्धी समस्या देखिन सक्छ ।

अन्य कारणहरु

घन्टौं इयरफोन प्रयोग गर्नाले कानमा फोहोर जम्मा हुन सक्छ । जसले गर्दा कानमा संक्रमणको समस्या हुन्छ । संक्रमणले सुन्ने क्षमता कम हुन सक्छ । यदि तपाईंको कानमा अचानक कुनै दुखाई महसुस हुन्छ भने यो कानसँग जोडिएको समस्या आउने खतराको संकेत हो । यसरी खतरालाई बेलैमा पहिचान गरी त्यसको उपचार गर्न सक्यो भने ठूलो खतराबाट बच्न सकिन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved