दुबईमा बेचिएकी नेपाली चेलीको उद्धार

नेपालभ्युज

दुबईमा बेचिएकी नेपाली चेलीको उद्धार

काठमाडौं। दुबईमा बेचिएकी नेपाली चेलीको उद्धार गरिएको छ । माइती इन्डिया, लभ नेपाल र लभ एन्ड होपको पहलमा उनको उद्धार गरिएको हो।

सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी २० वर्षीया कल्पना (परिवर्तित नाम) लाई मानव तस्करीका गिरोहले दुबईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेका थिए।

उक्त मानव तस्कर गिरोहमा ३२ वर्षीय दीपक मगर, ३० वर्षीय मौसम र ३५ वर्षीय पाकिस्तानी नागरिक समीर, मीना डोल्मा लगायतको संलग्नता रहेको पीडितको भनाइ छ।

कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाको कारण वैदेशिक रोजगारीमा जाने थाहा पाएपछि उनको आर्थिक अवस्थाको फाइदा उठाउँदै तस्करले दुबई पुर्‍याएको बुझिएको छ।

उनलाई मानव तस्कर गिरोहले गत माघ २ गते एयर अरेबियाको जहाजमार्फत दुबई पुर्‍याएको खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम भनिने व्यक्तिले उनलाई पुर्‍याएको पनि पीडितको आरोप छ। बेच्नुअगाडि उनीमाथि यौन शोषण गरिएको र मानसिक तनाव दिएको समेत कल्पनाको भनाइ छ।

घटनाको जानकारी पाएका स्विडेन नागरिक जोनार्थन र जोन अबलेनले लभ नेपालको अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पूजा पाण्डेलाई उद्धारका लागि अनुरोध गरेका थिए ।

सोहीबमोजिम बालकृष्ण र पूजाको संयुक्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको आवश्यक समन्वयमा उनको उद्धार गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved