जाँदाजाँदै बन्दीपुर पुग्यो: ६७ वर्षे उमेरमा गायिका बनेकी नन्दा पन्त टिकटक ट्रेन्डिङमा

नेपाल भ्युज

जाँदाजाँदै बन्दीपुर पुग्यो: ६७ वर्षे उमेरमा गायिका बनेकी नन्दा पन्त टिकटक ट्रेन्डिङमा

‘जाँदाजाँदै बन्दीपुर पुग्यो
रुँदारुँदै कलिलो जिउ सुक्यो…।’

यो अन्तरा तपाईँले अवश्य सुन्नुभएको होला। पछिल्लो समय टिकटकदेखि फेसबुकइन्स्टाग्रामको रिल्ससम्म खुबै चर्चित छ। डेढ महिनाअघि युट्युबमा राखिएको यो भिडिओलगतै भिडिओ शेयरिङ एप्स टिकटक र फेसबुक र इन्स्टाग्रामको रिल्समा राखियो। लगतै बन्यो भयो रातारात भाइरल।

यो गीत गोरखाकी ६७ वर्षकी नन्दा पन्तले गाएकी हुन्। साधारण किसिमबाट गीत गाउने स्टुडिओमै खिचिएको भिडिओमा उनले नाच्दै गाइरहेकी देखिन्छिन्।

१ फेब्रुअरीमा युट्युबमा राखिएको भिडिओलाई २९ लाख ६६ हजार पटक हेरिएको छ। टिकटकमा भने करोडौँ पटक हेरिएको छ। दर्जनभन्दा बढीले अपलोड गरेको सो गीतको  भिडिओमा लाखौंजनाले लिपिसिङ गर्दै भिडिओ बनाएका छन्।

टिकटकबाट पैसा कमाउने ध्याउन्न : गिफ्ट माग्छन् नाम चलेका कलाकार

मन जीसी एकाउन्टमा राखिएको भिडिओमा मात्रै २ लाख ७६ हजार जानले लिपिसिङ गर्दै अभिनय गरेका छन्। यसरी धेरै जनाले भिडिओ राखेका छन्।

जहाँ लाखौँले त्यसको नक्कल गरेका छन्। यस्तै फेसबुक र इन्स्टाग्रामको रिल्समा पनि धेरैले यस भिडिओलाई नक्कल गर्दै अभिनय गरेका भेटिन्छन्।

मोबाइल स्क्रोल गर्दैजाँदा विदेशी टिकटक युजरले समेत यो गीतमा भिडिओ बनाएका भेटिन्छन्। टिकटकमा १० मिलियन फलोअर्स भएकी दक्षिण कोरियाली टिकटकर पार्क जिमिनले समेत यो भिडिओ बनाएकी थिइन्। त्यसपछि झनै विश्वभर यो गीतको पुगेको छ।

पछिल्लो समय सार्वजनिक भइरहेका गीतहरूमा भन्दा फरक भाका, स्वर र शैली भएकाले ‘लैलै बरै’ बोलको गीतले नयाँ\ पुराना दुवै पुस्ताको ध्यान खिचेको छ।

२२ वर्षपछि ‘पापी लर्के जोबन’ कसरी बन्यो भाइरल ?

सो गीत ६७ वर्षीया नन्दा पन्तले गाएकी हुन्। युट्युबमा समेत लामो समय ट्रेन्डिङ कब्जा गरेको थियो। टिकटकमा भने अझै ट्रेडिङमै छ। ठेट लोकभाकामा रहेको गीतको शब्द र गायन शैलीलाई धेरैले रुचाएका छन्।

गीतको शब्द नन्दाले नै लेखेकी हुन्।

लय पनि उनैले हालेकी हुन्। एरेन्जर भने गायक भूपू पाण्डे हुन्। गीतको शब्द नन्दाले नै लेखेकी हुन् भने लय पनि उनैले हालेकी हुन्।

एरेन्जर भूपू पाण्डे नै हुन्। गीतको कोरसमा भूपूसहित श्याम ढकाल, रमेश कडरिया, भुवन खत्री, नरेन्द्र वियोगी, लक्ष्मी कार्की र तिलस्मी खड्काको स्वर छ।

मान्छेका दु:ख – युट्युब र टिकटक हेर्ने, पत्रकारलाई गाली गर्ने

रश्मिकालाई मोहित बनाउने हेटौँडाकी बरिसाको भिडिओ यसरी भयो भाइरल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved