आलोचनापछि करिश्माको प्रतिक्रिया- सुधार्ने मौका दिएकोमा आभारी छु

नेपालभ्युज

आलोचनापछि करिश्माको प्रतिक्रिया- सुधार्ने मौका दिएकोमा आभारी छु

काठमाडौं। सोलार हिटरसम्बन्धी विज्ञापनले चर्चा र विवादमा आएकी अभिनेत्री करिश्मा मानन्धरले प्राप्त प्रतिक्रियाले आफूलाई सुधार्ने मौका मिलेको प्रतिक्रिया दिएकी छिन्। प्रचारको काममा आफ्नो उपस्थिति रहने भएपनी निर्माण गर्दा आफ्नो पूर्ण हात नभएको प्रस्ट्याएकी छिन्।

लामो समय फिल्ममा काम गरेकी र राजनीतिमा समेत सक्रिय करिश्मालाई पछिल्लो विज्ञापन नसुहाएको भन्दै तालीभन्दा गाली आएपछि करिस्माले स्विकारेकी छिन्। करिश्माले ‘बोस’ कम्पनीको सोलार हिटरसम्बन्धी एक विज्ञापनमा हालै गरेको अभिनयमा भद्दा किसिमको भएको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया आएको थियो।

नुहाएको विज्ञापनलाई लिएर सञ्जालमा करिश्माको आलोचना

जवाफमा करिस्माले भनेकी छिन् ‘‘विज्ञापनका लागि आइरहेका कमेन्ट र बनिरहेका अनलाइन न्युजहरूमा मेरो ध्यानाकर्षण भएको छ। कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्क्याउने मनसाय कहिल्यै रहेन। त्रुटि मानिस बाटै हुने हो।  सो विज्ञापनको पनि सुधार अवश्य हुनेछ। याहाँहरूको प्रतिक्रियालाई असाध्यै सकारात्मक रूपमा लिएको छु। करिश्माको हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिनुभएकोमा आभारी छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved