सामसङले ग्यालेक्सी ए ३४ (५जी) र ग्यालेक्सी ए ५४ (५जी) मोबाइल नेपालमा ल्याउँदै

नेपालभ्युज

सामसङले ग्यालेक्सी ए ३४ (५जी) र ग्यालेक्सी ए ५४ (५जी) मोबाइल नेपालमा ल्याउँदै

काठमाडौं। सामसङको नयाँ ए–सिरिजका स्मार्टफोनहरू नेपाल आउने तयारी अवस्थामा रहेको इन्टरनेटमा चर्चा छ । सामसङ ग्यालेक्सी ए ३४ (५जी) र ग्यालेक्सी ए ५४ (५जी)को विश्वव्यापी बिक्री शुभारम्भ भएसँगै नेपाली बजारमा सामसङको सर्वप्रिय ए–सिरिजका अत्युत्तम नयाँ संस्करणका फोनहरुले कहिले प्रवेश पाउने हुन् भनेर त्यसको वास्तविक मिति थाहा पाउन सर्वत्र चासो बढेको छ ।

अब भने ती नयाँ स्मार्टफोनहरू नेपाल आउने पक्का देखिन्छ। सामसङ नेपालको आधिकारिक सामाजिक सञ्जालका प्लेटफर्महरूमा त्यसलाई चाँडै नै उपलब्ध गराउने आशय छ ।

नयाँ ग्यालेक्सी ए ३४ (५जी) र ग्यालेक्सी ए ५४ (५जी) विश्वव्यापी रूपमा बिक्री शुभारम्भ भइसकेका छन् र विशेषगरी तिनमा भएका तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरूमा पहुँच भएकोले यसप्रति हरकोहीको ध्यान आकर्षित भएको पाइएको छ ।

दुवै स्मार्टफोनहरू प्रारम्भिक लेन्समा केही अपग्रेडका साथ आउने भएका छन् ।

ग्यालेक्सी ए ३४ (५जी) ४८ एमपी प्राइमेरी क्यामरा र २ एमपी म्याक्रो लेन्सका साथ आएको छ भने ग्यालेक्सी ए ५४ ५जीमा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी रहेको छ । दुवै फोनहरूमा ८ एमपीको अल्टा वाइड एंगल लेन्स जडित छ ।

यी लेन्सहरूले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो, भिडियो, इन्हान्सड ओआईएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाइनेछ।

दुवै ग्यालेक्सी ए ३४ (५जी) र ग्यालेक्सी ए ५४ (५जी) लाई १२०हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकोले यसमा भएका सुपर एमोलेड डिस्प्लेमार्फत् प्रयोगकर्ताहरु उनीहरुको रोजाईंमा ढुक्क हुन सक्छन् । यी फोनहरू अतुलनीयरूपमा बलिया पनि छन्, यसका पानी र धुलो प्रतिरोधक आइपी ६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङको सिग्नेचर नक्स सेक्युरिटी को साथ, जुन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध छन् ।

ग्यालेक्सी ए३४ (५जी) र ग्यालेक्सी ए५४ (५जी) मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरूको ग्यारेन्टी पनि दिइएको छ ।

सामसङ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसँग मिल्दोजुल्दो रहेको छ, जुन यसको सबैभन्दा ठूलो अपिल मध्येको एक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved