लुम्बिनीमा एमाले सरकार अफ्ठेरोमा, समर्थन फिर्ता लिने माओवादीको तयारी

गएको पुस २८ गते  माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए ।

नेपालभ्युज

लुम्बिनीमा एमाले सरकार अफ्ठेरोमा, समर्थन फिर्ता लिने माओवादीको तयारी

दाङ । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार संकटमा परेको छ । मूख्य साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेपछि सरकार अफ्ठेरोमा परेको हो ।

एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन आज माओवादीले संसदीय दलको बैठक बोलाएको छ ।

गएको पुस २८ गते  माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए ।

गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन थियो । तर नागरिक उन्मुक्ती पार्टी, लोसपा लगायतकाले समर्थन फिर्ताको घोषणा गरिसकेका छन् ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक हुन्छ । लुम्बिनी प्रदेशमा एमालेबाहेक अरु दलले पनि सरकार बनाउन बहुमत जुट्ने अवस्था छ ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सम्मिलित गठबन्धनबाट नयाँ सरकार गठन गर्ने तयारी भइरहेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved