‘तिमीलाई हेर्ने बानी पर्‍याे’को फिमेल भर्सनमार्फत भिडिओमा कमब्याक गर्दै पल शाह

पुष्पन प्रधानद्वारा सङ्गीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्यो‍’को फिमेल भर्सनमार्फत उनले म्युजिक भिडिओमा कमब्याक गर्ने पक्का भएको छ। मेल भर्सनमा पनि वर्ष दिनअघि उनी आफैँले अभिनय गरेका थिए।

नेपालभ्युज

‘तिमीलाई हेर्ने बानी पर्‍याे’को फिमेल भर्सनमार्फत भिडिओमा कमब्याक गर्दै पल शाह

काठमाडौं। अभिनेता पल शाह १ वर्षपछि अभिनयमा फर्कदैछन्। अघिल्लो वर्षको १५ फागुनमा जेल परेपछि ठीक एक वर्षमा छुटेका उनी फेरि अभिनयमा फर्कन लागेका हुन्।

म्युजिक भिडिओसँगै फिल्ममा फर्कने तयारी गरिरहेको उनले बताए। दैनिक एक फिल्मको अफर आए पनि उनले कुनैमा साइन गरेका छैनन्।

पुष्पन प्रधानद्वारा सङ्गीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्यो‍’को फिमेल भर्सनमार्फत उनले म्युजिक भिडिओमा कमब्याक गर्ने पक्का भएको छ। मेल भर्सनमा पनि वर्ष दिनअघि उनी आफैँले अभिनय गरेका थिए।

सो गीतमा फिमेल भर्सन रेकर्ड भइसकेको छ। फिमेल भर्सनमा अनु चौधरीले स्वर दिएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved