प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्ध विरोध प्रदर्शन गर्ने युवालाई हिरासतमा राख्न पाँच दिन म्याद थप

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने तीन जना युवालाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले ५ दिन अनुमति दिएको छ।

नेपालभ्युज

प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्ध विरोध प्रदर्शन गर्ने युवालाई हिरासतमा राख्न पाँच दिन म्याद थप

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने तीन जना युवालाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले ५ दिन अनुमति दिएको छ। अभद्र कसुर मुद्दामा अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरीले अनुमति मागेको थियो।

सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्माविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागिएको काठमाडौं प्रहरीले जनाएको छ।

मुख थुनेर पक्राउ गरिएका युवाविरुद्ध मुद्दा चलाइँदै

मंगलबार दिउँसो २ बजेतिर अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड पुग्दा नाराबाजी भएपछि उनीलाई नियन्त्रणमा लिइएको थियो। पक्राउ परेका तीन जना युवा महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन्।

उनीहरूलाई पक्राउ गर्दा मुख थुनिएको भन्दै सरकारको आलोचना भइरहेको छ। नियन्त्रणकै शैलीको विरोध भइरहँदा प्रहरीले भने थप कारबाहीको लागि मुद्दा चलाउन लागेको हो।

प्रचण्डविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गर्दा मुख थुनिएको भन्दै सरकारको आलोचना

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी- युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved