डलर कमाउन भ्रामक हेडिङ राख्ने बढेपछि फेसबुकले बन्द गर्दै इन्स्टान्ट आर्टिकल

नेपालमा पनि थुप्रै अनलाइन मिडियाले आफ्नो फेसबुक पेजमार्फत इन्स्टान्ट आर्टिकल प्रकाशित गर्दै आएका छन्। कतिपयले ‘भ्युज’ पाउनका लागि गलत र भ्रामक सूचना राखेर आम्दानीको स्रोत बनाएका छन्।

नेपालभ्युज

काठमाडौं। फेसबुकको मुख्य कम्पनी मेटाले आउँदो महिना अर्थात् अप्रिलदेखि इन्स्टान्ट आर्टिकल बन्द गर्ने भएको छ।

सन् २०१५ देखि सञ्चालनमा आएको ‘एचटीएमएल डकुमेन्ट फर्मेट’का रूपमा इन्स्टान्ट आर्टिकल बन्द हुन लागेको हो।

कुनै पनि वेबसाइटले आफ्नो फेसबुक पेजमा लिंकसहित समाचार सेयर गर्दा उक्त समाचार सम्बन्धित वेबसाइटमै गएर खुल्छ। तर, इन्स्टान्ट आर्टिकलका रूपमा सेयर गरिएमा उक्त पूरै समाचार फेसबुकमै खुल्छ।

इन्स्टान्ट आर्टिकलका रूपमा देखिने समाचारका बीचमा फेसबुकले विज्ञापन देखाउँछ। त्यसबापतको रकम फेसबुकले समाचार प्रकाशकलाई डलर दिँदै आएकाले थियो।

अब भने त्यो सेवा बन्द गर्न लागिएको जनाइएको छ। मेटाको एक अनुसन्धानले केही पेजहरूले बढी ‘भ्युज’ पाउनका लागि गलत र भ्रामक सूचना इन्स्टान्ट आर्टिकलका रूपमा प्रकाशित गरेको देखाएको थियो। यस्तो अवस्थामा मेटा आफैँले गलत सूचना प्रकाशित गरेर आम्दानी गरेको ठहर्छ।

मेटाले विश्वभर ३७ हजारभन्दा बढी पेजहरूले इन्स्टान्ट आर्टिकल प्रकाशित गर्दै आएको जनाएको छ। नेपालमा पनि थुप्रै अनलाइन मिडियाले आफ्नो फेसबुक पेजमार्फत इन्स्टान्ट आर्टिकल प्रकाशित गर्दै आएका छन्।

कतिपयले ‘भ्युज’ पाउनका लागि गलत र भ्रामक सूचना राखेर आम्दानीको स्रोत बनाएका छन्। यसको सट्टा फेसबुकले टिकटक र युट्युबझैँ भिडिओ ‘कन्टेन्ट’मा बढी ध्यानकेन्द्रित गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved