अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने प्रक्रिया आजैदेखि थालिँदै

‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट भएको थियो।

अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने प्रक्रिया आजैदेखि थालिँदै
डोल्पा सदरमुकाम दुनै आक्रमण गर्नुअघि डोल्पामा खिचिएको तस्वीर। सेतो ह्याट लगाएका हितमान हुन्। तस्वीरमा वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’, शक्तिवहादुर बस्नेतसहित माओवादी लडाकु डिभिजन कमाण्डरद्व कालीबहादुर खाम ‘विविध’ र धनवहादुर मास्कीमगर ‘राजेश’ पनि देखिन्छन्। तस्वीर सौजन्यः हितमान।

काठमाडौं। सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिनेसम्बन्धी प्रक्रिया आजदेखि अघि बढाउने भएको छ। ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट भएको थियो।

‘आजदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी राहत वितरण कार्य सुरु हुन्छ’, गृहसचिव विनोदप्रकाश सिंहले भने, ‘सकेसम्म चालु आर्थिक वर्षदेखि नै वितरण गरिनेछ।’

वितरणको काम चरणबद्धरूपमा गरिने उनले बताए। राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव सिंहले जानकारी दिए।

उनकाअनुसार संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा ४ हजार ८ अयोग्य लडाकु रहेका छन्।
यसअघि २०७३ सालमा उनीहरूलाई रु दुई लाख राहत दिने भनिए पनि रोकिएको थियो।

तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु थिए। त्यसमध्ये अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर्‍याइएका ४ हजार ८ लडाकु बाहिरिएका थिए।

करिब एक हजार चार सय लडाकु नेपाली सेनामा समायोजन भए भने बाँकी स्वैच्छिक अवकाशमा गएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved