बागमती प्रदेशमा एमाले सरकारबाट बाहिरिँदै

नेपालभ्युज

बागमती प्रदेशमा एमाले सरकारबाट बाहिरिँदै

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । संघीय सरकारबाट बाहिरिएर प्रतिपक्षमा बसेको एमाले बागमती प्रदेशबाट पनि बाहिरिने भएको हो ।

मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुभन्दा अगाडि एमालेका चार जना मन्त्रीहरुले राजीनामा दिने तयारी गरिएको बुझिएको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम तय भए पनि केही ढिलो हुने सम्भावना छ ।

जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् ।   राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन ।

यसअघि नेकपा एमालेको समेत मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक भने एमालेको मत पाउने/नपाउने टुंगो छैन ।

१ सय १० सदस्यीय प्रदेशसभामा यसअघि जम्कट्टेलले नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १ सय ५ जना सांसदको मत पाएका थिए । उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved