तानसेन नगरपालिकाले कुहिएको मकैको विउ वितरण गर्‍यो

नेपालभ्युज

तानसेन नगरपालिकाले कुहिएको मकैको विउ वितरण गर्‍यो

पाल्पा। पाल्पाको तानसेन नगरपालिकाले कुहिएको मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको मकैको बीउ कुहिएको पाइएको हो ।

नगरपालिकाका विभिन्न वडामा वितरण गरिएको साढे ६ टन मनकामना–३, जातको मकैको बीउ कुहिएको तानसेन–९, का किसान दिनेश पाण्डेयले बतृ।

नगरपालिकाले अनुदानमा वितरण गरेको मकैको बीउ नाथ्रा कुहिएको छ । तानसेन नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नगरका अधिकांश वडामा मकै तथा अन्य तरकारीका बीउ वितरण गरिरहेको छ ।

तर मकैको बीउ कुहिएको बाँडिएपछि किसान आक्रोशित बनेका छन् । बाँडिएको मकैको बीउ ७५ प्रतिशत उम्रन नसक्ने खालको रहेको किसानको भनाई छ । 

तानसेन नगरपालिकाले भने मकैको बीउ शिव गुफा साना किसान सहकारी संस्था लिमिटेड जुगरा–४, रोल्पाबाट आएको जनाएको छ । यद्यपि यो बीउ ढुवानी तथा नगरपालिकालाई उपलब्ध गराउने जिम्मा भने तानसेनस्थित भण्डारी एग्रोभेट सेन्टरले पाएको नगरपालिकाका कृषि शाखाका नायव सहायक प्राविधिक सरोज तिमिल्सिनाले जानकारी दिए ।

कुहिएका बीउ फिर्ता गराउने पनि उनले बताए । नगरपालिकाका अनुसार प्रतिकेजी मकैको बीउको १२० रुपैयाँ परेको छ । जसमा नगरपालिकाको ६० र किसानको ६० रुपियाँ परेको छ । केही किसानले मकैको बीउ वितरणमा तानसेनकै सप्लायर्सले बदमासी गरेको हुन सक्ने बताएका छन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved