सुर्खेतमा १६ जना जनवादी कलाकारले प्रस्तुति दिए

सुर्खेतमा १६ जना जनवादी कलाकारले प्रस्तुति दिएका छन्। ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अन्तर्गत उनीहरूले प्रस्तुति दिएका हुन्।

नेपालभ्युज

सुर्खेतमा १६ जना जनवादी कलाकारले प्रस्तुति दिए

सुर्खेत। सुर्खेतमा १६ जना जनवादी कलाकारले प्रस्तुति दिएका छन्। ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अन्तर्गत उनीहरूले प्रस्तुति दिएका हुन्।

देशमा एकताको सन्देश छर्ने उद्देश्य देशका सातै प्रदेशमा ‘राष्ट्रका लागि अभियात्रा’ कार्यक्रम गर्ने जनवादी कलाकारको योजना छ।

जनवादी गीतकार तथा सङ्गीतकार मणि थापा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, जीवन शर्मा, कुस्मिता दर्लामी, मोहित श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, नीलिमा पुन, उदय रिजाल, लक्ष्मण पाख्रिन, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्माले प्रस्तुति दिएका छन्।

उनीहरूले क्रान्ति, परिवर्तन र एकताका गीतहरू प्रस्तुति दिएका थिए।

यसअघि धनगढीमा कार्यक्रम सम्पन्न गरेको टोलीले मंगलबार सुर्खेतमा प्रस्तुति दिएका छन् । उनीहरूले यस भन्दापछि लुम्बिनी प्रदेशको बुटवलमा कार्यक्रम योजना रहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved