हर्क साम्पाङको आक्रोश – म सफल भए दलतन्त्र धरापमा पर्छ

नेपालभ्युज

हर्क साम्पाङको आक्रोश – म सफल भए दलतन्त्र धरापमा पर्छ

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई असफल बनाउन गिरोह सक्रिय रहेको आरोप लगाएका छन्। फेसबुकमा मंगलबार साङपाङले लेखेका छन् ‘‘तिमीले मलाई सहयोग गर्नुहुँदैन किनकि म सफल भएँ भने दलहरूको दलतन्त्र धरापमा पर्छ।’’

वडाध्यक्षहरू आफ्नो विरोधमा रहेपछि उनले स्ट्याटस लेखेका हुन्।

उनले धरान र नेपालको भविष्य भाड मे जाए तर मलाई सहयोग गर्नु हुँदै हुँदैन भन्दै व्यङ्ग्य पारामा लेखेका छन् ‘‘समस्याहरूलाई यथावत् राखेर जनतालाई लुट्न दिइनँ। माफियातन्त्र र दलालीको अन्त्य गर्न चाहेँ। त्यही भएर मलाई असहयोग गर्नु पर्छ। देशको भविष्य सँगै निहित रहेको तिम्रो  सन्तानको भविष्यको बाल मतलब तिमीलाई, मलाई रोक्न छेक्न र सिध्याउन तम्सिनुपर्छ तिमी। देशमा सुशासन र विकास भयो भने कसरी राजनीति गर्ने? झुटको राजनीति कसरी गर्ने ? चिन्ता छ तिमिहरूलाई ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved