सलमान खानलाई ज्यान मार्ने धम्की, सुरक्षा बढाइयो

आउटडोर सुटिङ वा प्रमोसनल कार्यक्रममा सहभागी हुन निषेध

भारतको मुम्बई प्रहरीले नायक सलमान खानको सुरक्षा बढाएको छ । लरेन्स बिश्नोई र गोल्डी ब्रारबाट धम्कीपूर्ण मेल प्राप्त भएपछि सलमानको बान्द्रास्थित घरमा सुरक्षा बढाइएको हो ।

नेपालभ्युज

सलमान खानलाई ज्यान मार्ने धम्की, सुरक्षा बढाइयो

काठमाडौं । भारतको मुम्बई प्रहरीले नायक सलमान खानको सुरक्षा बढाएको छ । लरेन्स बिश्नोई र गोल्डी ब्रारबाट धम्कीपूर्ण मेल प्राप्त भएपछि सलमानको बान्द्रास्थित घरमा सुरक्षा बढाइएको हो ।

मुम्बई प्रहरीले सलमानको बान्द्रा ग्यालेक्सी अपार्टमेन्ट बाहिर अस्थायी प्रहरी चौकी नै स्थापना गरेको छ । यसमा दुई जना सहायक प्रहरी निरीक्षक (एपीआई) र ८–१० हवल्दार २४ घण्टा खटिनेछन् ।

प्रहरी सुरक्षा बढाइएपछि सलमानको घरनजिक उनका फ्यानहरूसमेत जान पाएका छैनन् । सलमानसँग पहिले नै वाई श्रेणीको सुरक्षा छ । उनी बुलेट प्रूफ गाडीमा मात्रै घर बाहिर निस्कन्छन्, जसमा उनका निजी गार्डहरू पनि बस्छन् ।

यसैबीच प्रहरीले उनलाई सेड्यूल परिवर्तन गर्न सुझाव दिएको छ । प्रहरीले प्रशान्त गुञ्जालकरको उजुरीका आधारमा लरेन्स बिश्नोई, गोल्डी ब्रार र रोहित ब्रारविरुद्ध एफआईआर दर्ता गरेको छ । साथै, प्रहरीले सलमानलाई कुनै पनि आउटडोर सुटिङ वा कुनै प्रमोसनल कार्यक्रममा सहभागी हुन निषेध गरेको छ ।

तर, सलमान खान अहिले मुम्बईमा छैनन् । उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसकी जान’ को प्रमोसनमा व्यस्त छन् । जेलभित्रका ग्याङ्स्टर लरेन्स बिश्नोईले एबीपी न्यूजलाई दिएको अन्तर्वार्तामा सलमान खानको हत्या गर्ने धम्की दिएका थिए ।

दैनिक भास्करकाअनुसार त्यहाँ भनिएको छ— ‘गोल्डी ब्रारलाई तिम्रो बोस सलमानसँग कुरा गर्नु छ । सलमानले लरेन्स बिश्नोईको अन्तर्वार्ता हेरेकै होलान् । हेरेका छैनन् भने उनलाई अन्तर्वार्ता हेर्न भनिदेऊ । विषय गर्न चाहन्छौ भने कुरा गराइदेऊ । फेस टू फेस कुरा गर्ने भए पनि भनिदेऊ । तिमीलाई समयमै जानकारी गराइएको छ । अर्कोपटक त झट्का मात्र हेर्न पाइन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved