पहिलोपटक नायक प्रदीप खड्काले जिते उत्कृष्ट अभिनेताको अवार्ड

‘ऐना झ्यालको पुतली’ उत्कृष्ट चलचित्र

नेपालभ्युज

पहिलोपटक नायक प्रदीप खड्काले जिते उत्कृष्ट अभिनेताको अवार्ड

काठमाडौं। नायक प्रदीप खड्काले चलचित्र ‘प्रकाश’बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) मा उनले उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन् । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको ८ वर्षमा उनले पाएको यो पहिलो उत्कृष्ट अवार्ड हो ।

चलचित्र प्रकाशबाट उनले उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् । यही चलचित्रबाट दीया मास्केले पनि उत्कृष्ट अभिनेत्री अवार्ड हात पारिन् । नीफको छैटौं संस्करणमा ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट फिचर फिल्म, सुजित बिडारी उत्कृष्ट निर्देशक, पटकथा लेखक, जुरी अवार्ड दिनेश खत्रीले प्राप्त गरे ।

कार्यक्रममा आयोजक केपी पाठकले आगामी वर्ष पनि अझ सशक्तरूपमा नीफ आयोजना गर्ने जानकारी दिए ।

विश्वका ३५ देशका ९५ चलचित्र प्रदर्शन भएको नीफमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ, प्रकाश सायमीलगायत चलचित्रकर्मीको सहभागिता थियो ।
यस्तो छ निफ विजेता र अवार्ड :

सर्वश्रेष्ठ अभिनेता – प्रदीप खड्का (प्रकाश)

सर्वश्रेष्ठ अभिनेत्री – दीया मास्के (प्रकाश)

सर्वश्रेष्ठ निर्देशक – सुजित बिडारी (ऐना झ्यालको पुतली)

सर्वश्रेष्ठ निर्देशक छोटो फिल्म – प्रद्यूम्न मिश्र (दुविधा)

सर्वश्रेष्ठ छोटो नेपाली फिल्म – जुन्को (मिन्सो लिम्बु)

सर्वश्रेष्ठ छोटो अन्तर्राष्ट्रिय फिल्म – द बुक (इरान)

सर्वश्रेष्ठ छोटो एनिमेटेड फिल्म – द लिजेण्ड अफ गोल्डहन (स्लोभेनिया)

सर्वश्रेष्ठ राष्ट्रिय वृत्तचित्र – द टाइगर्स ज (निर्देशक –कमल कुमार)

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय डकुमेन्ट्री – सोल्स अफ द फरेस्ट (इन्डोनेसिया)

सर्वश्रेष्ठ नेपाली फिचर फिल्म – ऐना झ्यालको पुतली

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म –मेमोरिज अफ ग्लुमी मनसुन्स (बंगलादेश)

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म – अ हाउस विथ नो नेम : पातालघर (बंगलादेश)

सर्वश्रेष्ठ छायांकन – राजेश श्रेष्ठ (प्रकाश)

सर्वश्रेष्ठ पटकथा – सुजित बिडारी (ऐना झ्यालको पुतली)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved