युक्रेनलाई हतियार दिने अमेरिका हो चीन होइन : चिनियाँ विदेश मन्त्रालय

नेपालभ्युज

युक्रेनलाई हतियार दिने अमेरिका हो चीन होइन : चिनियाँ विदेश मन्त्रालय

बेइजिङ । द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार उल्लेख गरेका छन् । ‘चीनले सधैं युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडानलाई समर्थन गरेको छ । चीनले सबै कुरा शान्तिस्थापनार्थ वार्तालाई प्रवर्द्धन गर्ने गरेको हो,’ प्रवक्ता वाङ वेनबिनले सम्बन्धित एक प्रश्नको जवाफमा पत्रकार सम्मेलनमा भनेका छन् ।

चीन सधैं शान्ति र संवादको पक्षमा उभिएको भन्दै प्रवक्ताले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनले रचनात्मक भूमिका खेल्ने पनि बताएका छन् । ‘युक्रेनी युद्धभूमिमा हतियार उपलब्ध गराउने चीन होइन, संयुक्त राज्य अमेरिका हो,’ वाङले संयुक्त राज्य अमेरिकालाई आगोमा घ्यु थप्न बन्द गर्न र अन्य देशहरूलाई आफ्नो दबाब र धम्की दिन समेत बन्द गर्न आग्रह गरेका छन् । अमेरिकाले युक्रेन सङ्कटको राजनीतिक समाधान खोज्नको लागि उल्टो बाटो तय गर्नुको सट्टा रचनात्मक भूमिका खेल्नुपर्छ, वाङले थपे  । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved