रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा नेविसंघका यादव विजयी

रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा नेविसंघका यादव विजयी

जनकपुरधाम । जनकपुरधामको  रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार मनिषकुमार यादव विजयी भएका छन् ।

सभापतिमा यादवले १ हजार १४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार गौतम यादव चोरवारले ३८३ मत मात्र ल्याउन सकेका छन् भने विद्यार्थी जनमत संघका उम्मेदवार मो. इजाज मोमिनले १६७ मत ल्याएका छन् ।

सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका करण साहले ९२६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका रञ्जितकुमार मण्डलले ८०९ मत पाएका छन् । त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार अजय सिंह कुशवाहाले ४५३ मत मात्र ल्याउन सकेका छन् ।

कोषाध्यक्षमा नेविसंघका राकेश कुमार सिंह ९९८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका अजय कुमार पण्डितले ८२६ मत मात्र पाएका छन् । त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार निरज कुमार गुप्ताले ३९५ मत मात्र ल्याएका छन् ।

यस्तै सदस्यहरूमा नेविसंघका रोशनी कर्ण (१००८), सोनु झा (१००४), मुन्ना कुमार प्रधान (९९९), जितेन्द्र यादव (९८९), विकास कुमार साह (९८१), नविन कुसियैत यादव (९७८), दीपेन्द्र महतो (९७६) र अभिशेक शर्माले (९७०) मत ल्याएर निर्वाचित भएका छन् ।

स्ववियुको नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको थियो । राराब क्याम्पसमा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जनाले मत खसाएका थिए ।

राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका थिए । राराबको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved