कर्णालीमा निर्वाचन भएका १८ क्याम्पसमध्ये १७ को नतिजा सार्वजनिक

कर्णालीमा निर्वाचन भएका १८ क्याम्पसमध्ये १७ नतिजा सार्वजनिक सार्वजनिक भएको छ। नतिजा सार्वजनिक भएका १७ क्याम्पसमध्ये नेविसंघले सबैभन्दा बढी क्याम्पसमा विजयी हासिल गरेको छ।

नेपालभ्युज

कर्णालीमा निर्वाचन भएका १८ क्याम्पसमध्ये १७ को नतिजा सार्वजनिक

सुर्खेत। कर्णालीमा निर्वाचन भएका १८ क्याम्पसमध्ये १७ नतिजा सार्वजनिक सार्वजनिक भएको छ। नतिजा सार्वजनिक भएका १७ क्याम्पसमध्ये नेविसंघले सबैभन्दा बढी क्याम्पसमा विजयी हासिल गरेको छ। नेविसंघले हालसम्म नौ, अनेरास्ववियू (क्रान्तिकारी) चार, अनेरास्ववियु तीन र एक स्वतन्त्रले विजयी गरेका छन्।

नेविसंघले विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेतमा चेतन नेपाली, दोणाञ्चल क्याम्पस बहुमुखी क्याम्पस दुल्लु दैलेखमा प्रकाश थापा, चामुण्डा कलेजमा चामुण्डा दैलेखमा, सुनिल शाही, आठबीस शिक्षा क्याम्पस आठबीस दैलेखमा नगेन्द्रबहादुर शाही, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटमा प्रकाश सिंह, रुकुमेली क्याम्पस रुकुम पश्चिममा अनिशेस केसी, जुम्ला बहुमुखी क्याम्पस जुम्लामा महेश हमाल, रारा बहुमुखी क्याम्पस मुगुमा राज तामाङ र डोल्पो क्याम्पस दुनै डोल्पामा खिमबहादुर रोकाया सभापतिमा विजयी भएका छन्।

अनेरास्ववियु(क्रान्तिकारी)ले चौरजहारी क्याम्पस रुकुम पश्चिममा भरत विक, राडिज्युला शिक्षा क्याम्पस रुकुमपश्चिममा दीपक केसी, तिला कर्णाली बहुमुखी क्याम्पस कालीकोटमा हिक्मत सिंह र जनचेतना बहुमुखी क्याम्पस कालीकोटमा पार्वतीकुमारी सञ्ज्याल सभापतिमा विजयी भएका छन्।

त्यस्तै, अनेरास्ववियुले भेरी बहुमुखी क्याम्पस सुर्खेतमा शक्ति पौडेल, सिम्ता बहुमुखी क्याम्पस सुर्खेतमा, घनश्याम रेग्मी, रापदीप क्याम्पस रामघाट सुर्खेतमा अनुपम ढकाल सभापतिमा विजयी भएका छन्।

कपुरकोट बहुमुखी क्याम्पस सल्यानमा स्वतन्त्रबाट रामप्रसाद आचार्य सभापति विजयी भएका छन्।

सबैभन्दा बढी विद्यार्थी भएको सुर्खेत बहुमुखी क्याम्पसको मतदान भने अहिले केही बेरबाट सुरु भएको छ। ५ गते भएको निर्वाचनको मतगणना हुन सकेको छैन। त्यहाँ अनेरास्ववियु(क्रान्तिकारी) र नेविसंघले संयुक्त प्यानल बनाएर निर्वाचन लडेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved