निको भए सुटिङका क्रममा घाइते भएका अमिताभ बच्चन 

आगामी फिल्म ‘प्रोजेक्ट के’ को सेटमा घाइते भएका अमिताभ बच्चन निको भएका छन्। मार्चको सुरुमा एक्सन सिक्वेन्सको सुटिङका क्रममा करङमा चोट लागेको थियो।

नेपालभ्युज

निको भए सुटिङका क्रममा घाइते भएका अमिताभ बच्चन 

काठमाडौं। आगामी फिल्म ‘प्रोजेक्ट के’ को सेटमा घाइते भएका अमिताभ बच्चन निको भएका छन्। मार्चको सुरुमा एक्सन सिक्वेन्सको सुटिङका क्रममा करङमा चोट लागेको थियो।

अहिले उनको स्वास्थ्यमा सुधार भइरेको छ। हालै अमिताभले सामाजिक सञ्जाल पोस्टमार्फत प्रशंसक तथा शुभचिन्तकलाई खुसीको खबर दिएका छन्।

बलिउडका मेगास्टार अमिताभ बच्चन ८० वर्षको उमेरमा पनि कलाको क्षेत्रमा उस्तै तीव्रताका साथ काम गरिरहेका छन्। ‘प्रोजेक्ट के’ अहिले छायांकन चलिरहेको छ। यसैबीच फिल्मको सुटिङका क्रममा उनलाई चोट लागेको थियो। अमिताभ बच्चन केही दिनदेखि बेड रेस्टमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved