कपिलवस्तुका क्याम्पसमा पनि अनेरास्ववियु अगाडि, कहाँ–कसले जिते ? 

कपिलवस्तुका क्याम्पसहरूमा भएको स्ववियु चुनावमा एमालेनिकट अनेरास्ववियु अगाडि देखिएको छ। शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा पहिलो पटक अनेरास्ववियु विजयी भएको छ। सभापतिमा अनेरास्वियुका रामकुमार तेली विजयी भएका छन्।

नेपालभ्युज

कपिलवस्तुका क्याम्पसमा पनि अनेरास्ववियु अगाडि,  कहाँ–कसले जिते ? 

काठमाडौं। कपिलवस्तुका क्याम्पसहरूमा भएको स्ववियु चुनावमा एमालेनिकट अनेरास्ववियु अगाडि देखिएको छ। शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा पहिलो पटक अनेरास्ववियु विजयी भएको छ। सभापतिमा अनेरास्वियुका रामकुमार तेली विजयी भएका छन्।

कपिलवस्तुको वाणगंगा बुङिचस्थित सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको छ। यहाँ एक्लै चुनाव लडेको नेविसंघका निलकमल थारुले अनेरास्ववियुका अंजित खनाललाई पराजित गरे।

कपिलवस्तुकै गौतमबुद्ध बहुमुखी क्याम्पस बडहरामा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ। सभापतिमा नेविसंघका तोयनारायण न्यौपाने विजयी भए।

यसैगरी बुद्धभूमी क्याम्पस बर्कलपुर ,फलारी बाबा बहुमुखी क्याम्पस महाराजगंञ्ज र नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा अनेरास्ववियुको प्यानल नै विजयी भयो।

बुद्धभूमिमा बाबुराम गिरीको प्यानल, महाराजगञ्जमा अभिशेष यादवको प्यानल र शिवपुरमा राम कुमार तेलीको प्यानल नै विजयी भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved