विराटनगरमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि हवाई फायर, केही पक्राउ

प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने केही प्रदर्शनकारी पक्राउ परेका छन्।

नेपालभ्युज

विराटनगरमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि हवाई फायर, केही पक्राउ

विराटनगर। प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने केही प्रदर्शनकारी पक्राउ परेका छन्।

कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा निषेधित क्षेत्र तोडेर प्रदर्शन भएपछि चार जनालाई प्रहरीले पक्राउ गरेको हो । भीड नियन्त्रण गर्न प्रहरीले एक दर्जन सेल अश्रुग्याँस र तीन राउन्ड हवाई फायरसमेत गरेको छ।

प्रदेशसभाले १७ फागुनमा प्रदेशको नामा कोशी राखेपछि केही समूहले विरोध गर्दै आएका छन्। त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved