प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

नेपालभ्युज

प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

विराटनगर । विराटनगरमा पहिचानवादी प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरको महेन्द्र चोकमा भएको प्रदर्शनका क्रममा उनीहरूबीच झडप भएको हो ।

प्रदर्शनकारीहरूले प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा राख्नुपर्ने माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् । यसैक्रममा आज पनि उनीहरूले प्रदर्शन जारी राखेका थिए । त्यसैक्रममा झडप भएको हो ।

प्रदर्शनकारीहरूले गरेको प्रदर्शनमा हस्तक्षेप गरेपछि झडप भएको बताएका छन् भने प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि अश्रुग्यासको प्रयोग गर्नुपरेको बताएको छ ।

गत फागुन १७ गते प्रदेशको नामा कोशी राखिएपछि पहिचानवादीहरूले आन्दोलन जारी राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved