व्यवसायमैत्री कानुन निर्माणका लागि आफू सधैं तयार छुः सभामुख घिमिरे

नेपाल भ्युज

व्यवसायमैत्री कानुन निर्माणका लागि आफू सधैं तयार छुः सभामुख घिमिरे

काठमाडाैं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार रहेको बताएका छन् । उनले उद्योग व्यवसायमैंत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले मुलुक भित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानुनको अभाव हुन नदिन आफू सचेत रहेको बताएका हुन् ।

व्यापार गरी नाफा कमाउनु व्यवसायीहरूको धर्म भए पनि सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दीगो विकासमा अझै बढी योगदान पुर्‍याउन पनि उनले व्यवसायीहरूलाई आग्रह गरे ।

सभामुख घिमिरेले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । उनले मुलुकको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved