अस्ट्रेलियामा छक्का पञ्जा ४ हाउसफूल, वितरक उत्साहित

नेपाल भ्युज

अस्ट्रेलियामा छक्का पञ्जा ४ हाउसफूल, वितरक उत्साहित

काठमाडौं। नेपाली फिल्म ‘छक्का पञ्जा ४’ ले नेपालमा मात्र नभई अस्ट्रेलियाको समेत बजार तताएको छ।

दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको ‘छक्का पञ्जा ४’ मा दर्शकको आकर्षण बढेको हो।

अस्ट्रेलियाको सिड्नीमा मात्र दश शो गरिसकेको यो फिल्मले अन्य राज्यमा थप २० शो हाउसफुल भएको छ। सिड्नीका सिनेमा हलमा हाउसफुल १० शो सकेपछि आफूहरू थप हौसिएको वितरक गोविन्द भण्डारीले जानकारी दिए।

सायन इन्टरटेन्टमेन्टका भण्डारीले भने ‘‘सिड्नीमा हामीले कुल २० शो हाउसफुल हुने अनुमान गरेका छौँ। दर्शकको क्रेजले झनै उत्साहित भएका छौँ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved