बर्दिवास। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला महोत्सवको महत्त्वपूर्ण भूमिका रहने बताउँदै मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने समेत बताए ।
महोत्तरीको बर्दिवासमा आयोजित चौथो बर्दिवास महोत्सवलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘मेला महोत्सवको मुख्य उद्देश्य नै स्थानीय वस्तु तथा सेवाको उत्पादन, वितरण र बजारीकरण गर्ने हो । यसले स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीय उत्पादनहरूलाई उपभोक्ताहरूसम्म पुर्याउँछ । मेला महोत्सवको आयोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान समेत गराउँछ।’
उनले कोरोनाभाइरस महामारीपछि मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरू विस्तारै सहज हुँदै गएको समेत बताए । उनले अहिले रेमिट्यान्स उत्साहजनकरुपमा बढेको र पर्यटनमा पनि सुधार देखिएको बताउँदै बैंकिङ्ग क्षेत्रमा तरलताको पनि क्रमश सहजता देखिन थालेको रअर्थतन्त्रमा सकारात्मक संकेत देखिएको बताए।
उनले महासंघको आगामी चैत्र २८ र २९ गते हुने ५७औँ अधिवेशनबाट आउने नयाँ नेतृत्वले व्यवसायीहरूका समस्याको समाधान गर्न पहल गर्नेसमेत बताए ।