पत्रकार बिक्रीमा रहेको सभामुख घिमिरेको आरोप

सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्। शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताए।

नेपालभ्युज

पत्रकार बिक्रीमा रहेको सभामुख घिमिरेको आरोप
फाइल फोटो

काठमाडौं। सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको आरोप लगाएका छन् ।

शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताए ।

सभामुख घिमिरेले ‘थर्काएर, किनेर, फकाएर विग हाउसहरूले प्रभावित पारिरहेको’ उल्लेख गर्दै पत्रकारलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे।

मुलुकमा पीत पत्रकारिता निकै डर लाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाइ छ। उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए।

सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए। उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए।

सभामुख घिमिरेले भने ‘‘ पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ । जेजे कारणले भए पनि तिनीहरू प्रभावित छन्। अझ अर्को भन्ने हो भने त विक्रीमा छन् पत्रकारहरू। अब पत्रकारहरू विक्रीमा छन्। थर्काएर गरेको छ। किनेर गरेको छ। फकाएर गरेको छ। अनेक ढङ्गबाट गरेको छ। त्यसको प्रभाव हाम्रो सोसाइटीमा निकै परेको छ।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved