खाली पेटमा खान हुँदैन यस्ता चीज

अमिलो फलहरु भिटामिन सीको राम्रो स्रोत मानिन्छ । जसमा सुन्तला, मौसम, कागती, किवी आदि पर्दछन् । यसमा पोषक तत्वहरुको भण्डार नै हुन्छ तर खाली पेट खाँदा शरीरमा बेफाइदा गर्न सक्छ ।

नेपालभ्युज

खाली पेटमा खान हुँदैन यस्ता चीज

एजेन्सी । बिहान उठ्ने बित्तिकै यदी भोक लाग्यो भन्दैमा जे पनि खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । त्यसैले आज हामी तपाईंलाई बिहान खाली पेट के खानु हुँदैन भनेर बताउनेछौं ।

अमिलो फलहरु भिटामिन सीको राम्रो स्रोत मानिन्छ । जसमा सुन्तला, मौसम, कागती, किवी आदि पर्दछन् । यसमा पोषक तत्वहरुको भण्डार नै हुन्छ तर खाली पेट खाँदा शरीरमा बेफाइदा गर्न सक्छ । खासगरी यिनमा एसिडको मात्रा हुन्छ जसलाई खाली पेट खाँदा छाती पोल्ने तथा ग्यास्ट्रिक जस्तो समस्या हुन सक्छ ।

टमाटरमा पनि भिटामिन तथा एन्टीअक्सीडेन्ट भरपूर मात्रामा पाइन्छ । तर खाली पेट खानु यो शरीरका लागि हानिकारक हुन सक्छ । किनकी यो पनि एसिडिक प्रकृतिको हुन्छ जसलाई खाली पेट खाँदा पेट दुख्ने तथा अल्सर जस्तो समस्या आउन सक्छ ।

गर्मीमा विभिन्न पेय पदार्थ पिउन धेरैलाई मन पर्छ । तर खालीपेट यस्ता पेय पदार्थहरु कहिल्यै पनि नपिउनुहोला । यो स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ ।

दहीमा धेरै प्रकारका गुणहरु पाइन्छन् । तर यसलाई बिहान खालीपेटमा खानबाट भने बच्नुपर्छ । यसले पेट दुख्ने तथा अप्ठेरो महसुस बनाउन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved