घरमै ‘कसुरी मेथी’ बनाउने तरिका

नेपाल भ्युज

घरमै ‘कसुरी मेथी’ बनाउने तरिका

एजेन्सी । घरमा दिनहुँ प्रयोग गर्दा मेथीको दाना प्रयोग गरे पनि तपाईं कहिलेकाँही इन्टरनेटमा केही खानेकुराको रेसिपीहरु हेर्नुहुन्छ होला, जहाँ खाना पकाउँदा कसुरी मेथीको प्रयोग गरिएको हुन्छ ।

यो मेथीको हरियो पातलाई सुकाएर बनाएको मसला हो । त्यसैले यसलाई तपाईं पनि आफै घरमै बनाउन सक्नुहुन्छ । जो एकदमै सजिलो छ । अब लागौं कसुरी मेथी बनाउने विधितर्फ–

घरमा मेथीलाई सुकाएर पातहरु तयार गर्नका लागि पहिला तपाईंले आवश्यक मेथीको सागलाई सफासँग धुनुहोस् । अब मेथीलाई कुनै छान्नेमा राखेर पानीलाई झर्न दिनुहोस् । ताकि मेथीबाट पानी पूर्ण रुपमा निस्कियोस् ।

मेथीलाई कपडामा लपेट्ने

धोएको मेथीलाई कुनै सुतीको कपडामा लपेटेर राख्नुहोस् । यसले भित्रसम्मको चिसोपन तथा पानीलाई सुकाउने काम गर्छ । जसले गर्दा घाममा चिटो तपाईंको मेथी सुक्छ ।

मेथीलाई घाममा सुकाउने

तपाईं अब उक्त मेथीलाई घरको कुनै घाम लाग्ने ठाउँमा एउटा सफा कपडा वा सुकाउने भाँडोमा मेथीलाई फैलाएर सुकाउनुहोस् । अर्को दिन फेरि उक्त सेकेको मेथीलाई मलमलको कपडामा बाँधेर घाममा राख्नुहोस् । तपाईंको मेथी सुकेर तयार भयो ।

मेथीलाई राख्ने तरिका

मेथीका पातहरु राम्रोसँग सुकेको छ कि छैन भनेर थाहा पाउनका लागि त्यसले हातले मिचेर हेर्नुहोस् । यदी उक्त पातहरु हातमा मिच्दाखेरी पिसियो भने बुझ्नुहोस् तपाईंको कसुरी मेथी तयार भयो । अब यसलाई हावा नछिर्ने डब्बामा राख्नुहोस् । अब उक्त सुकेको मेथीको पातलाई तपाईं तरकारी, दाल आदि झान्नका लागि प्रयोग गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved