देशभर प्रदर्शनमा आउँदै चलचित्र प्रेमा

नेपालभ्युज

देशभर प्रदर्शनमा आउँदै चलचित्र प्रेमा

काठमाडौं । चलचित्र प्रेमा को विशेष पत्रकार सम्मेलन भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको बारेमा विशेष जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अरुण क्षेत्रीले फिल्म लकडाउनका बेलामा नै सुटिङ गरेको बताए ।

उनले फिल्म राम्रो रहेको र सबैले हेर्नुपर्ने फिल्म रहेको बताए । उनले फिल्मबाट धेरै कुरा सिकेको बताए । त्यस्तै अभिनेत्री प्रेमा सुवेक्षा खड्काले आफ्नो लागि प्रेमा फिल्म इमोशन जोनी भएको बताईन् । उनले कोरोनाको बेलामा यस्तो फिल्ममा काम गर्न पाउनु राम्रो रहेको बताईन् ।

उनले सबैलाई फिल्म हेर्न जान आग्रह गरिन् । कलाकारले आफ्नो तर्फबाट सकेको अभिनय गरेको बताए । चलचित्र चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुनेछ । चलचित्रको निर्देशक गोविन्द सिंह भण्डारी  छन् ।

फिल्ममा अभिनेता क्षेत्रीसँगै अभिनेत्री खड्का, श्रृष्टि श्रेष्ठ, विमला केसी, पुरन जोशी, हिउनवाला गौतम, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, मोहन थापा, सुरेन्द्र बसेल, विभाना थपलिया लगायतको अभिनय रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved