पल शाह र पूजा शर्माबीच सबन्ध चिसियो, जेलबाट छुटेको १५ दिन बित्दा पनि भएन भेट

पल शाहको जन्मदिनमा केक लिएर कारागार गएकी अभिनेत्री पूजा शर्मा जेलबाट छुटेपछि भने भेट्न गएकी छैनन्। बलात्कार मुद्दामा पल जेल जाँदा बचाउमा विभिन्न अभिव्यक्ति दिएर विवादमा तानिएकी पूजा पल छुटेपछि भने भेट्न नगएकी हुन्।

नेपालभ्युज

पल शाह र पूजा शर्माबीच सबन्ध चिसियो, जेलबाट छुटेको १५ दिन बित्दा पनि भएन भेट

काठमाडौं। अभिनेता पल शाहको जन्मदिनमा केक लिएर कारागार गएकी अभिनेत्री पूजा शर्मा जेलबाट छुटेपछि भने भेट्न गएकी छैनन्। बलात्कार मुद्दामा पल शाह जेल जाँदा बचाउमा विभिन्न अभिव्यक्ति दिएर विवादमा तानिएकी पूजा पल छुटेपछि भने भेट्न नगएकी हुन्।

वर्ष दिनअघि पूजाको होम प्रोडक्सन फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरअघि पलविरुद्ध बलात्कारको जाहेरी परेको थियो। सो फिल्ममा पूजाको जोडी बनेर खेलेका पलको विरुद्धमा प्रहरीमा खोजीमा परेपछि प्रिमियरमा अनुपस्थित थिए। पल नआउँदा पूजा रोएकी थिइन्।

अघिल्लो साल १५ फागुनमा पल शाहले प्रहरीमा आत्मसमर्पण गरेपछि निरन्तर पलका पक्षमा बोल्दै आएकी पूजाले पलको तस्बिर अंकित टिसर्ट लगाएर पनि हिँडिन्। पल छुट्नुभन्दा केही दिनअघि जन्मदिनमा केक लिएर जेलमै पुगेकी पूजा अहिले छुटेपछि भने भेट्न नजाँदा नजिकबाट नियाल्नेहरू चकित परेका छन्।

छुट्दा स्वागत गर्न तनहुँ कारागार पुग्ने आकलनाका बीच उनी देखा परिनन्। पल छुटेको २ साता बित्दा पनि अहिलेसम्म पूजा घरमा पनि भेट्न पुगेकी छैनन्। निकटस्थका अनुसार जेलबाट छुटेयता पूजाले पललाई भेटेकी छैनन्। पलले पूजासँग पहिलोजस्तो खुल्ला घनिष्ठता कायम राख्न नचाहेको पल निकटको धारणा छ।

यता पूजाले पनि पलले भाउ खोजेका कारण चुपचाप बसेको बताइन्छ। पूजाकी एक साथी भन्छिन् ‘‘पूजालाई पलले भाउ दिएनन्। जेलबाट छुटेपछि पल आफैँ भेट्न आउने पूजाको अपेक्षा थियो। तर, पल गएनन्। यस कारण पूजा चिढिएकी हुन्। यसैले उनी चुपचाप छिन्।’’

पल शाह जेलबाट मुक्त भएपछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा गएका छन्। उनी रुकुम महोत्सवमा गएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved