भोलिदेखि छैटौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

नेपालभ्युज

भोलिदेखि छैटौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं श्रृंखला भोलिदेखि (चैत २ गतेदेखि ६ गतेसम्म) सुरु हुने भएको छ ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी निफले यसबारे जानकारी दिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको उद्घाटन गर्नेछन् । कार्यक्रमको समापन भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा निफ महोत्सवका निर्देशक यादव भट्टराईले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले महोत्सवको तयारीका लागि निफ टिम तीन महिनादेखि व्यस्त रहेको समेत बताए।

निफका अध्यक्ष केपी पाठकले यस पटकको महोत्सवमा ५० जनाभन्दा बढी फिल्म मेकर बाहिरी देशबाट आउने जानकारी दिए। उनले निफलाई विश्वास गरेर विगतझैँ यसपटक पनि राम्रा फिल्म र फिल्म मेकरले मेलामा सहभागिता जनाउने दाबी गरे।

५५ देशबाट आएका ५ सय बढी चलचित्रमध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले जनाएको छ।

यी चलचित्रको प्रदर्शन सिभिल मल, छाया सेन्टर, पुल्चोकको लबिम मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ।
ओपनिङ फिल्मको रूपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी प्रदर्शन हुनेछ।

यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved