विपन्न परिवारलाई निःशुल्क बिमा

विपन्न परिवारलाई निःशुल्क बिमा

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पालिकाभित्रका अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्न थालेको छ । पालिका भित्रका अति विपन्न परिवार छनोट गरेर निःशुल्क स्वास्थ्य बिमा थालिएको हो ।

प्रदेश स्वास्थ्य बिमा बोर्डसँग नगरपालिकाले सम्झौता गरे निःशुल्क बिमा उपलब्ध गराउने भएको छ । वडावडाबाट पहिचान गरेर आएका अति विपन्नलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिँदा तिनीहरूको उपचार सहज हुने नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।

‘रकम हुनेले पनि बिमा गर्ने र नहुनेले अति विपन्नको पहिचान गरी नगरले नै बिमा गरिदिने व्यवस्था मिलाइएको छ ।’ उनले भनिन्,‘चालु आर्थिक वर्ष नगरपालिकामा स्वास्थ्य बिमाका लागि १० लाख रुपियाँ बजेट विनियोजन भएको छ।’

चालु आर्थिक वर्षमा वर्ष करिब आठ सय जना विपन्नको निःशुल्क स्वास्थ्य बिमा गर्ने योजना रहेको नगर स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले बताए । ‘हालसम्म एक सय १९ जना विपन्न परिवार सम्पर्कमा आएको छन् ।’ उनले भने, ‘अति विपन्न पहिचान गरेपछि वडामा रहेका दर्ता सहजकर्ता घरमै पुगेर बिमा गरिने छ ।’

कर्णाली प्रदेशमा वीरेद्रद्रनगर नगरपालिकाले विपन्नको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाएको प्रदेश स्वास्थ्य बिमा बोर्डका संयोजक सिर्जना पौडेलले बताइन् ।

‘बिमामा सुर्खेतको आबद्धता १९ प्रतिशत मात्रै भएको हुँदा धेरैभन्दा धेरैलाई स्वास्थ्य बिमामा जोड्न पहल गर्न आवश्यक रहेको छ ।’ उनले भनिन्,‘स्वास्थ्य बिमामा जोडिएमा नागरिकले सबै प्रकारको स्वास्थ्य लाभ लिन सक्छन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved