नेप्सेमा सामान्य वृद्धि, १ अर्ब १४ करोडको कारोबार

नेपालभ्युज

नेप्सेमा सामान्य वृद्धि, १ अर्ब १४ करोडको कारोबार

काठमाडौं। लगातार दुई दिन दोहोरो अंकले गिरावट भएको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने सामान्य वृद्धि भएको छ । मंगलबार नेप्सेमा १.८५ अंकले वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से ०.०९ प्रतिशतले वृद्धि हुँदा १९५३.०६ अंकमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङसहित उत्पादनमूलक, व्यापार र लघुवित्त उपसूचकमा गिरावट हुँदा अधिकांश उपसूचक बढे पनि नेप्सेमा सामान्य मात्रै वृद्धि भएको छ ।

नेप्सेमा घट्दो क्रम रोकिए पनि कारोबार रकम भने सवा १ अर्ब नजिक आएको छ । मंगलबार नेप्सेमा २६ हजार ४७३ वटा कारोबारमा ३३ लाख १८ हजार १०८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोड ५९ लाखको कारोबार भएको छ ।

मंगलबार बजारमा कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १२६ कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १० कम्पनीका सेयरमूल्य स्थिर देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved