दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

सुर्खेत। दुई दिनदेखि सुत्केरी व्यथाले थलिएको हुम्लाको एक जना महिलाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत ल्याइएको छ । हुम्लाको चंखेली गाउँपालिका–२ की १६ वर्षकी गर्भवती महिला जुनकला कामीको हेलिकोप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ । आइतबार सुत्केरी व्यथा लागे लगत्तै गर्भवती कामीलाई चंखेली गाउँपालिकाको पिप्लाङ स्वास्थ्य चौकीमा ल्याएर उपचार भएको र त्यहाँ उपचार हुन नसकेपछि हेलिकोप्टरको व्यवस्था गरी गाउँपालिका केन्द्र पिप्लाङबाट उद्धार गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

बच्चा उल्टो भएको र सालनाल अगाडि निस्केकी जुनकलाको उद्धार गर्ने कार्य भएको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।

‘जटिल खालको सुत्केरी व्यथा लागेकी गर्भवती अवस्था निकै जटिल भएको छ ।’ उनले भनिन्,‘अहिले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved