‘छक्कापञ्जा ४’विरुद्ध चलचित्र विकास बोर्डमा उजुरी

नेपालभ्युज

‘छक्कापञ्जा ४’विरुद्ध चलचित्र विकास बोर्डमा उजुरी

काठमाडौं। दीपकराज गिरीको पछिल्लो चलचित्र ‘छक्कापञ्जा ४’का विरुद्ध उजुरी परेको छ । चलचित्रमा प्रयोग भएको संवादको विषयमा उजुरी परेको हो।

देशभर दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र छक्कापञ्जा ४ मा प्रयोग गरिएको सहकारी संस्थाबारेको संवाद हटाउन माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी परेको जनाइएको छ।

‘छक्कापञ्जा ४’मा प्रयोग संवादले सहकारीविरुद्ध लाञ्छना लगाउनुका साथै नारी अस्मितामा खलल पुर्‍याएकाले सो दृश्य र संवाद हटाउन माग गर्दै ‘राष्ट्रिय सहकारी महासंघ लिमिटेड’ले विकास बोर्डमा निवेदन दिएको हो।

सहकारीबारे देशभर नकारात्मक शन्देश गईरहेको भन्दै उजुरीमा भनिएको छ–‘पछिल्लो दिनमा आर्थिक संकुचनका कारण सबै क्षेत्रमा परेको असर सहकारी क्षेत्रमा समेत परेको सन्दर्भमा त्यसलाई अतिरञ्जित बनाई आमा सरस्वती मुभिज प्रालिद्वारा निर्मित नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ मा सहकारीसम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा समग्र सहकारी अभियानको तर्फबाट यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।’

सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले हस्ताक्षर गरेको निवेदनमा भनिएको छ,–‘यसर्थ सहकारी क्षेत्रको विश्वसनियतामाथि प्रश्न उब्जिने उक्त कपोलकल्पित, भ्रामक, तथ्यहिन संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाई चलचित्र क्षेत्रको गरिमा कायम राख्नका लागि हार्दिक अनुरोध गर्दछौँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved