भारतका सबैभन्दा लोकप्रिय स्टार शाहरूख खान र आलिया भट्ट

अघिल्लो महिनामा भारतका सबैभन्दा लोकप्रिय स्टार शाहरुख खान र आलिया भट्ट चयन भएका छन्। मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गर्ने क्रममा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता देखाएको छ।

नेपालभ्युज

भारतका सबैभन्दा लोकप्रिय स्टार शाहरूख खान र आलिया भट्ट

काठमाडौं। अघिल्लो महिनाकालागि भारतका सबैभन्दा लोकप्रिय स्टार शाहरुख खान र आलिया भट्ट चयन भएका छन्।
भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ।

उक्त मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गर्ने क्रममा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता देखाएको छ।

महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन्। दोस्रो स्थानमा दीपिका र कियारा आडवाणी तेस्रो स्थानमा छिन्।

पठान रिलिजको कारण पनि पछिल्लो महिना शाहरुख चर्चाको शिखरमा रहेका हुन्। सो महिनामा उनले बादशाहको मान्यतालाई यथावत् राख्न सकेका थिए। सलमान खान दोस्रो लोकप्रिय अभिनेता बनेका छन्।

पपुलर फिमेल स्टारको सूचीमा पहिलो स्थान हासिल गरेकी आलिया भट्ट भने यतिबेला आफ्नो मातृत्वको आनन्द लिइरहेकी छिन्। यसबाहेक उनी आफ्नो फिल्म रकी र रोनीको प्रेमकथाको सुटिङमा पनि व्यस्त छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved