गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, ६ जना घाइते

नेपालभ्युज

गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, ६ जना घाइते

गोरखा। गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

गोरखा नगरपालिका–६ बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक सोमबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखाको सैलुङ गाउँपालिका–७ घर भइ राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत ३२ वर्षका विष्णु खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गम्भीर घाइते दुई जनाको भरतपुर मेडिकल कलेज तथा अन्य घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved