नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक

नेपालभ्युज

नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक

काठमाडौं । नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक भएको हो । गायक नविनकिशोर राईको शब्दरचना रहेको गीतको भिडियोमा हरिष निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

रमेश प्रसाईंले गीतमा स्वर दिएका हुन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन् । कार्यक्रममा बोल्दै कलाकार दीपक आचार्य (काकु) ले पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिस अनुसार गीत ल्याएको बताए । उनले पुरानो समयमा मायाँ प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर सोही अनुसारको खोजि गरी भिडियो सम्पादन गरेको उल्लेख गरे ।

उनले भने, ‘पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिस हो यो मेरो । रिंके फुंको राँगोलाईबाट मैले यो क्षेत्रमा लागेको हो । पुरानो समयमा मायाँ प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर त्यही अनुसारको माहोल हामीले यो भिडियोमा राखेका छौँ । यो भिडियो संखुवासभा, धनकुटा, तेह्रथुम जिल्लामा रेकर्ड गरेको हो ।’

त्यस्तै कलाकार हरिष निरौला (क्रकोच) ले अन्य म्युजिक भिडियो भन्दा आफ्ना लागि यो भिडियो धेरै फरक रहेको महशुस गरेको बताए । उनले भने, ‘यो मेरो भिन्न खालको भिडियो हो । मैले त्यही महशुस गरेको छु, कपाल देखाएर नै अन्य भिडियोमा काम गरेको थिएँ, यसमा त्यो छैन, मेरो अभिनय पनि फरक छ । काठमाडौं बाहिर गएर सुट गर्दा पनि धेरै रमाइलो भयो ।’
त्यस्तै कलाकार प्रियना आचार्य (मुन्नी)ले राम्रो टिमसँग राम्रोसम्ग काम गरेको बताए । उनले भने, ‘धेरै राम्रो टिमसँग काम गर्न पाइयो यो खुशीको कुरा हो । सबै मिलेर इतिहास सम्बन्धी भिडियो बनाएका छौँ ।’ त्यस्तै वरिष्ठ गायक नविनकिशोर राईले आफूले लामो समय हिँडेर गीतहरु खोजि रचना गरेको आफ्नो विगतको अनुभव सुनाए ।

उनले भने, ‘आफूले लामो समय हिँडेर गीतहरु खोजेको रचना गरेको हो । धनकुटा, धरान लगायतका धेरै ठाउँहरु हिँडेर मात्रै यी गीतहरु लेखेको हो ।’ म्युजिक भिडियो संखुवासभा, धनकुटा, तेह्रथुम गरी तीन जिल्ल्लामा छायांकन भएको हो । भिडियोमा गाउँ घरका कथावस्तु र पात्रहरुको अभिनयलाई ज्वलन्त प्रस्तुत गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved