गोरखा दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु, तीन जना चितवन रिफर

नेपालभ्युज

गोरखा दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु, तीन जना चितवन रिफर

काठमाडौं। गोरखा नगरपालिका–६ बिसौनीमोडमा मिनी ट्रक दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

दुर्घटनालगतै घाइतेलाई गोरखा अस्पताल पुर्‍याइएकामा उपचारको क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृतकको पहिचान भने खुलेको छैन । दुर्घटनामा आठ जना घाइते भएका छन् । दुर्घटनाका सख्त घाइते तीन जनालाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल मेडिकल कलेज रिफर गरिएको छ भने चार जनाको गोरखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले बताएको छ ।

बसपार्कबाट आँबुखैरेनी जाँदै गरेको प्रदेश–३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रक अनियन्त्रित हुँदा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि  साथै पैदलयात्रीलाई लतारेर बिसौनीमोडबाट करिब २० मिटर तल खसेको प्रहरीले बतायो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved