‘रावासावा कमला-भक्त पुरस्कार-२०७९’ साहित्यकार खुक्सङ खम्बुलाई

नेपालभ्युज

‘रावासावा कमला-भक्त पुरस्कार-२०७९’ साहित्यकार खुक्सङ खम्बुलाई

काठमाडौं । यस वर्षको ‘रावासावा कमला-भक्त पुरस्कार-२०७९’ साहित्यकार खुक्सङ खम्बुले प्राप्त गरेका छन् ।

२० हजार राशीको उक्त पुरस्कार साहित्यकार खम्बुलाई शनिवार सिटिम्याक्स हल बागबजारमा आयोजित एक समारोहका बीच कुलपति भूपाल राईले प्रदान गरेका हुन् ।

लामो समयदेखि साहित्यमा रहेका खम्बुले मुख्यगरी किराती सांस्कृतिक चेतनालाई केन्द्रमा राखेर सिर्जना गर्ने गर्छन् । उनको त्यही योगदानलाई सम्मान गर्दै पुरस्कार प्रदान गरिएको रावासावा प्राज्ञिक समाजले जनाएको छ ।

२०३८ सालमा खोटाङको रिब्जुङमा जन्मिएका खम्बुका ‘डम्रीको रुख र सोपुको पानी’ कविता सङ्ग्रह प्रकाशित छ भने दर्जनौं गीतहरू रेकर्डेट छन् ।

किरात राई लेखक सङ्घका पूर्वअध्यक्षसमेत रहेका खम्बुले भाषाको क्षेत्रमा पनि योगदान गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved