महाशक्ति बन्ने सपनामा टेकेर तानाशाहीको बाटो पछ्याउँदै चिनियाँ राष्ट्रपति ‘सी’

यतिका धेरै व्यावहारिक जटिलताका बाबजुद राष्ट्रपति सीले चिनियाँ जनताका आँखामा महाशक्ति राष्ट्र बन्ने रंगीन सपना भरेका छन् । र यो सपनाले सत्तामा उनलाई निष्कन्टक रूपमा शक्तिशाली बनाइरहन ठूलो सहयोग गरेको छ ।

महाशक्ति बन्ने सपनामा टेकेर तानाशाहीको बाटो पछ्याउँदै चिनियाँ राष्ट्रपति ‘सी’

काठमाडौं। जनकांग्रेसको १४औं अधिवेशनले अनुमोदन गरेसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङ थप पाँच वर्ष चीनको सर्वोच्च शक्तिशाली पदमा रहने निश्चित भएको छ ।

सन् २०१३ मा राष्ट्रपति हुनुअघि उनी हु चिन्ताओको कार्यकालमा उपराष्ट्रपति थिए । सन् २०१८ मा उनले दुई कार्यकाल मात्र राष्ट्रपति हुने संवैधानिक व्यवस्था संशोधन गरेका थिए । त्यही बेलादेखि राष्ट्रपति सीको तेस्रो कार्यकालका लागि बाटो खुला गरिएको अनुमान गरिएको थियो ।

सन् १९७८ को सत्तापलटपछि चिनियाँ आधुनिकीकरण नीतिका प्रणेता तथा सर्वोच्च नेता तङ स्यायो फिङले शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि दुई कार्यकालको नीति बनाएका थिए ।

त्यसपछिका सबै राष्ट्रपतिले यो नियम पालना गरे । विशेषतः जियाङ जमिन र हु चिन्ताओले शानदार दुई कार्यकाल पूरा गरी शान्तिपूर्ण सत्ता हस्तान्तरण गरेका थिए । तर, सीले यो नियम अवज्ञा गरेका छन् । यसले चीनको दीर्घकालीन राजनीतिक र इतिहासमा यसको कस्तो प्रभाव पर्छ, यसै भन्न सकिन्न ।

आजीवन वा लामो समय सत्तामा बस्ने प्रचलन कम्युनिस्ट आन्दोलनको विश्वव्यापी समस्या थियो । सोभियत संघका संस्थापक नेता लेनिन भने ४५ वर्षको उमेरमै बितेका थिए । तर, त्यसपछिका जोसेफ स्टालिन करिब ३ दशक सत्तामा रहे । सत्तामा रहँदै उनको मृत्यु भयो ।

स्टालिनले स्थापित गरेको यो नजिर विश्व कम्युनिस्ट शासन प्रणालीको प्रचलनजस्तो बन्न पुग्यो । चीनका माओ चतोङ, क्युवाका फिदेल क्यास्त्रो र उत्तर कोरियाका किम इल सुङमाथि समेत यही आरोप थियो ।

माओ जीवनपर्यन्त चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष र शक्तिशाली साशक रहे । त्यसो त तङले पनि औपचारिक पद धारण नगरिकनै चीनमा लामो शासन गरेका थिए । उनलाई ‘सर्वोच्च नेता’ भन्ने गरिन्थ्यो ।

यही विश्व परिवेश र कम्युनिस्ट शासनमा सत्ता हस्तान्तरणको जटिलतालाई ध्यान दिँदै तङले दुई कार्यकाल राष्ट्रपति र शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रावधान संवैधानिक रूपमा नै स्थापित गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टी संवैधानिक मान्यताप्राप्त शासक पार्टी हो । यसका निर्णयलाई जन कांग्रेसले पनि उल्ट्याउन वा चुनौती दिन सक्दैन । कम्युनिस्ट पार्टीको महाधिवेशनबाट चयन भएको पार्टी महासचिवलाई नै जनकांग्रेसले राष्ट्रपतिका रूपमा अनुमोदन गर्दै आएको छ ।

जनकांग्रेस चीनको सर्वोच्च विधायकी संस्था हो । तर, यो दलीय आधारको आमनिर्वाचनबाट निर्वाचित भने हुँदैन । चीन एक पार्टी राज्य प्रणाली भएको देश हो ।

चिनियाँ कम्युनिस्ट पार्टी संवैधानिक मान्यताप्राप्त शासक पार्टी हो । यसका निर्णयलाई जन कांग्रेसले पनि उल्टाउन वा चुनौती दिन सक्दैन । कम्युनिस्ट पार्टीको महाधिवेशनबाट चयन भएको पार्टी महासचिवलाई नै जनकांग्रेसले राष्ट्रपतिका रूपमा अनुमोदन गर्दै आएको छ ।

सी  चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव हुन् । साथै चिनियाँ सैन्य आयोगका अध्यक्ष पनि । पार्टी महासचिव, राष्ट्रपति र सैन्य आयोगको अध्यक्षलाई चिनियाँ शासन प्रणालीमा सर्वोच्च शक्तिशाली पद मानिन्छ । अधिकांशतः यी तीन वटै पदमा एउटै व्यक्ति हुने गर्दछन् ।

राष्ट्रपति सी ६९ वर्षको भएका छन् । तसर्थ उनले दुई कार्यकालको नियम मात्र हैन, चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि मान्दै आएको ‘८ भित्र र ९ बाहिर’ को नियमसमेत तोडेका छन् ।

‘८ भित्र र ९ बाहिर’ को अर्थ ६८ वर्षसम्म उमेर पुगेको व्यक्तिले कुनै नयाँ राजकीय जिम्मेवारी लिन सक्ने र जति वर्षको भए पनि कार्यकाल पूरा गर्न पाउँने तर जिम्मेवारी लिने समयमा ६९ पुगेको भए पदनिवृत हुनु पर्ने नियम हो । यो नियम करिब ४ दशकदेखि चिनियाँ कम्युनिस्ट पार्टीभित्र प्रचलनका रुपमा स्थापित थियो ।

सत्तारुढ कम्युनिस्ट पार्टीभित्र उनको नेतृत्व चुनौतीहीन देखिएको छ । यहाँसम्म कि उनले आफ्नो नाममा बनेको सिद्धान्त  विचारधारालाई संविधानमै समावेश गरेका छन्। माओपछि आफ्नो नामका सिद्धान्त बनाउँने र संविधानमै लेखाउँने सी एक मात्र नेता हुन् ।

तर, सीको कार्यकालमा आएर तोडिएको छ । दुई कार्यकाल र ६८ कटेको उमेर, दुवै हिसाबले उनी पदनिवृत्त हुनुपर्ने थियो । तर, उनी झनै शक्तिशाली भएर आएका छन् ।

सत्तारुढ कम्युनिस्ट पार्टीभित्र उनको नेतृत्व चुनौतीहीन देखिएको छ । यहाँसम्म कि उनले आफ्नो नाममा बनेको सिद्धान्त  विचारधारालाई संविधानमै समावेश गरेका छन्। माओपछि आफ्नो नामका सिद्धान्त बनाउने र संविधानमै लेखाउने सी एक मात्र नेता हुन् । तङ स्याओ फिङको राजनीतिक विचारलाई भने ‘तङ सिद्धान्त’ मात्र भनिन्छ ।

आफ्नो तेस्रो कार्यकाल पूरा गर्दा सी ७४ वर्षका हुने छन् । त्यसपछि पनि स्वास्थ्यले साथ दिए उनी सत्तामा रहने अनुमान गरिएको छ । यस दृष्टिकोणबाट राष्ट्रपति सीले आजीवन सत्तामा रहने पुरानो कम्युनिस्ट प्रचलनलाई पुनर्स्थापित गर्दिएका छन् ।

सी कार्यकाल शक्तिको असीमित एकीकरण हुन सक्नुको कारण भने ‘चीनको महाशक्ति हुने सपना’ लाई मानिएको छ । यो सपनालाई ‘चाइना ड्रिम’ भन्ने गरिएको छ । चिनियाँ सपना अनुरूपको विश्व सम्पर्क सञ्जाल बनाउने योजना मुताविक सन् २०१३ मा सत्तामा आएसँगै राष्ट्रपतिले ‘रोड एन्ड बेल्ट इनिसिएटिभ’ (बीआरआई) घोषणा गरेका थिए ।

सीको नेतृत्व क्षमता असीमित, धैर्यशील र चातुरर्यतापूर्ण मानिन्छ । चिनियाँ जनता, सेना र कम्युनिस्ट पार्टीले सीको नेतृत्वमा ‘चिनियाँ सपना’ अर्थात् महाशक्ति राष्ट्र बन्ने सपना पूरा हुने अपेक्षाका आधारमा साथ दिएको विश्लेषकको भनाइ छ ।

सीका कतिपय अवगुणलाई वेवास्ता गर्दिने शर्तमा उनले चीनको महाशक्ति हुने सपनाको नेतृत्व गर्न सके त्यो चिनियाँ जनताको अपेक्षा अनुरूप हुने ठानिन्छ । चीन एक महाशक्ति राष्ट्र हुनेछ वा हुने छैन, भइसक्यो वा भएको छैन भन्ने बारेमा भने फरक-फरक विश्लेषण पाइन्छन् ।

एकाथरि विश्लेषकका अनुसार चीन २०१८ को अमेरिकासँगको व्यापार युद्ध यता नै महाशक्ति राष्ट्र भइसक्यो । अहिलेको विश्व अमेरिका–चीन प्रतिस्पर्धामा आधारित दुई ध्रुवीय हो । अमेरिका र चीन बीचका तनाव र विवाद नयाँ शीत युद्धका लक्षण हुन् ।

अर्काथरि विश्लेषक भने विश्व अहिले दुई ध्रुबीय नभएर बहुध्रुवीय भएको ठान्दछन् । अमेरिका र चीनबीचको तनाव र विवाद दोस्रो शीत युद्ध नभएर व्यापार युद्धका लक्षण मात्र भएको मान्दछन् ।

करिब १ वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व शक्ति सन्तुलनको विश्लेषणमा नयाँ मोड आएको छ । चीनको साटो अमेरिका र रुसलाई नै मुख्य प्रतिस्पर्धी शक्ति राष्ट्र मान्नेको संख्या बढ्दो छ ।

चीन आर्थिक महाशक्तिका रूपमा उदाइसकेको, विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको सन्दर्भमा चीनलाई महाशक्ति राष्ट्र मान्न सकिने पर्याप्त आधार छन् । तर, पहिलोपटक  ‘महाशक्ति’ (सुपरपवार) शब्दावली प्रयोग गरेका विलियम टीआर फक्सको मापदन्डलाई आधार मान्ने हो भने चीनलाई अझै महाशक्ति मान्न सकिन्न ।

सन् १९४४ मा अमेरिकी राजनीतिशास्त्री विलियम टीआर फक्सले आफ्नो विश्व चर्चित किताब ‘द सुपरवापर’ मा महाशक्तिका तीन चरित्र ध्रुवीयता, क्षेत्रीयता र महाशक्ति सम्बन्धलाई मानेका थिए ।

ध्रुवीयताको दृष्टिकोणबाट हेर्ने हो भने हिजोको सोभियत संघजस्तै चीन पनि ‘कम्युनिस्ट राज्य’ हो । यसले अमेरिकासँग स्वाभाविकरूपमा ‘वैचारिक प्रतिध्रुव’ निर्माण गर्दछ । अमेरिकाले आफूलाई उदार लोकतान्त्रिक मुलुकहरूको ध्रुव मान्दछ ।

तर, हिजोको सोभियत संघको भन्दा चीनको फरक स्थिति के हो भने सोभियतको जस्तो ऊ सँग बार्सा प्याक्ट छैन, नत हिजोका पूर्वी तथा मध्य युरोपेली कम्युनिस्ट राज्यहरूको जस्तो वैचारिक समूह राज्यहरू चीनसँग छन् ।

चीनसँगको निकटतामा भएका राज्यको चरित्र बढो अनौठो छ । जस्तो कि रुसलाई युक्रेन युद्धमा चीनले अप्रत्यक्ष समर्थन गरिरहेको छ तर, रुसलाई चीनको वैचारिक ध्रुुवीयतामा भएको देश मान्न गाह्रो छ । ठीक त्यसै गरी दक्षिण पूर्वी एसियामा अफगानिस्तान, पाकिस्तान, श्रीलंका र म्यानमार चीनको नजिक छन् । तर, यिनलाई पनि वैचारिक ध्रुवीयता मान्न सकिन्न ।

अफगानिस्तानमा इस्लामिक जिहादी समूह तालिवान सत्तामा छ । पाकिस्तानमा भ्रष्टिकृत र कमजोर हुँदै गएको लोकतन्त्र छ । म्यानमारमा सैनिक तानाशाही छ ।

दोस्रो क्षेत्रीयताका दृष्टिकोणले चीनभन्दा रुस नै अझै बलियो देखिन्छ । पूर्व सोभियत संघ, बाल्टिक, युरेसियन र पूर्व तथा मध्य युरोपमा रुसको बलियो क्षेत्रीय प्रभाव छ ।

चीनको क्षेत्रीय प्रभावको कुनै प्रष्ट परिभाषा छैन । युरोप, अमेरिका र ल्याटिन अमेरिकामा उसको प्रभाव नगन्य छ । अफ्रिका, दक्षिण तथा पूर्वी एसियाको प्रभाव चीनलाई महाशक्ति बनाउँन पर्याप्त हुन्छ कि हुँदैन, यसै भन्न सकिन्न ।

चीनको भएको क्षेत्रीय प्रभाव पनि पहिलो शीतयुद्धकालको जस्तो वैचारिक तथा राजनीतिक नभएर आर्थिक तथा राजकीय हो । विशाल भूगोल, ठूलो जनसंख्या, विशाल सैन्य शक्ति, आधुनिक हातहतियार र सैन्य प्रविधि, भीमकाय भौतिक पूर्वाधार, तीव्र आर्थिक बुद्धि, मौद्रिक तथा वित्तीय शक्ति र विश्व बजार अंशका हिसाबले भने चीन नि:सन्देह महाशक्ति हो ।

एक त चीनको राजनीतिक व्यवस्था लोकतान्त्रिक प्रणालीका रूपमा सर्वस्वीकार्य छैन भने अर्कोतिर अमेरिकासँग अहिले पनि नेटो, पश्चिम युरोप र विभिन्न साझेदार राष्ट्र छन् । जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्डजस्ता देश अमेरिकासँग नजिक छन् ।

दोस्रो विश्वयुद्धको सेरोफेरोमा स्थापित भएको विलियम टिआर फक्सको महाशक्तिको परिभाषा र मापदण्ड नै अहिलेको युगका कति सान्दर्भिक छ भन्ने प्रश्न न उठ्ने हैन । तर, त्यसको बाबजुद अमेरिकाको तुलनामा चीनका केही सीमा छन् ।

एक त चीनको राजनीतिक व्यवस्था लोकतान्त्रिक प्रणालीका रूपमा सर्वस्वीकार्य छैन भने अर्कोतिर अमेरिकासँग अहिले पनि नेटो, पश्चिम युरोप र विभिन्न साझेदार राष्ट्र छन् । जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्डजस्ता देश अमेरिकासँग नजिक छन् ।

फिलिपिन्ससँग अमेरिकाले करिब ३० वर्षपछि फेरि सैन्यशिविर राख्ने सम्झौता गरेको छ । ताइवानको अमेरिकासँगको निकटता चीनका लागि सधैं टाउको दुखाइको विषय बन्दै आएको छ ।

युरोप अमेरिकासँगको सम्बन्धलाई सीधा टसलमा लाने हो भने आर्थिक प्रतिबन्ध लाग्ने र चिनियाँ वस्तुको विश्व बजार संकुचन हुने जोखिम चीनका लागि उत्पन्न हुन सक्दछ । त्यसो भएमा निर्यात व्यापारमा कमी आई चिनियाँ अर्थतन्त्र नै संकुचन हुन सक्नेछ ।

यतिका धेरै व्यवहारिक जटिलताका बाबजुद राष्ट्रपति सीले चिनियाँ जनताका आँखामा महाशक्ति राष्ट्र बन्ने रंगीन सपना भरेका छन् । र यो सपनाले सत्तामा उनलाई निष्कन्टक  रूपमा शक्तिशाली बनाइरहन ठूलो सहयोग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved