उदयपुरको रौतामाईमा आगलागीमा परी दुई जना बालबालिकाको ज्यान गयो

नेपालभ्युज

उदयपुरको रौतामाईमा आगलागीमा परी दुई जना बालबालिकाको ज्यान गयो
प्रतिकात्मक तस्वीर ।

उदयपुर। उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा आगलागीमा परेर एकै घरका दुई बालबालिकाको ज्यान गएको छ ।

रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । हिजो बेलुका ५ बजेतिर घरमा बिजुली सर्ट भएर घर जलेको हो ।

आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved