‘छड्के २’ बाट दर्शकलाई निराश बनाएको अनमोल केसीको स्विकारोक्ति

छेउ टुप्पो नमिलेको फिल्म यस्तै हो - विपिन कार्की

नेपालभ्युज

‘छड्के २’ बाट दर्शकलाई निराश बनाएको अनमोल केसीको स्विकारोक्ति

काठमाडौं। नेपाली कथानक चलचित्र ‘छड्के २’ बक्स अफिसमा फ्लप भएको छ। फागुन १९ देखि यो फिल्म हलमा लागेको थियो ।
दीपकराज गिरी अभिनीत चलचित्र ‘छक्कापञ्जा ४’सँग जुधेका कारण नै यो चलचित्रले सुखद  व्यापार गर्नेमा शंका थियो।

चलचित्र ‘छड्के २’ का अभिनेता अनमोल केसीले पनि चलचित्रले दर्शकलाई निराश बनाएको स्विकारेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अभिनेता अनमोल केसीले फिल्ममार्फत आफूले दर्शकलाई निराश बनाएको र त्यसमा दुःखी भएको स्विकारेका हुन्।

उनले नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा चुक्न पुगेको समेत उनको स्वीकारोक्ति छ। आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुनेसमेत बताएका छन्।

उनको आगामी फिल्म ‘जेरी : अन टप’ छायांकनको तयारीमा छ । अनमोलको नवौं फिल्म ‘छड्के २’ बक्स अफिसमा असफल नै भयो । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले यसलाई धेरै शो दिएनन्। दिएकाले पनि ६ दिनमै हटाइदिए।

अनमोलले ‘छक्कापञ्जा ४’ लाई सफलताको बधाईसमेत दिएका छन् । यो दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे ‘माग्नेबुढा’ को चलचित्र हो । यसले अहिले पनि राम्रो व्यापार गरिरहेको छ ।

उता अभिनेता विपिन कार्कीले पनि आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै छेउ-टुप्पो नमिलेको फिल्मले व्यापार गर्न नसक्ने बताएका छन्। छड्केमा अभिनय गरेका कार्कीले ‘छड्के २’ भने खेलेनन्। उनलाई निर्माण पक्षले ‘छड्के-२’ मा लिन चाहे पनि कार्कीले खेलेनन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved