सुन्दरीजल पुगेर ‘जकारान्डा’ को बिरुवा रोप्दै राष्ट्रपति पौडेलले भने ‘किसानको छोरा हुँ सबैको सम्मान गर्न जान्दछु’

‘म गाउँको किसानको छोरा हुँ । राजनीति पनि बुझेको छु र संविधानको रक्षा गर्न र कसलाई कस्तो सम्मान गर्नुपर्दछ भन्ने पनि जान्दछु’ उनले भने–‘कसैको चित्त नदुख्ने गरी र भावनामा ठेस नपुग्ने गरी देश, जनता र राजनीतिक दलप्रति म समान व्यवहार गर्न प्रतिबद्ध छु।’

सुन्दरीजल पुगेर ‘जकारान्डा’ को बिरुवा रोप्दै राष्ट्रपति पौडेलले भने ‘किसानको छोरा हुँ सबैको सम्मान गर्न जान्दछु’

काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफू राजनीतिक व्यक्तिसँगै साधारण किसान परिवारको छोरासमेत भएकोले संविधानको मर्म र भावनासँगै सबैको रक्षक बन्ने कुरामा दृढ रहेको बताएका छन्।

राष्ट्रपति निर्वाचित भएको भोलिपल्ट काठमाडौंको गोकर्णेश्वर स्थित सुन्दरीजल बीपी संग्रहालयमा पुगेर राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन्।

‘म गाउँको किसानको छोरा हुँ । राजनीति पनि बुझेको छु र संविधानको रक्षा गर्न र कसलाई कस्तो सम्मान गर्नुपर्दछ भन्ने पनि जान्दछु’ उनले भने–‘कसैको चित्त नदुख्ने गरी र भावनामा ठेस नपुग्ने गरी देश, जनता र राजनीतिक दलप्रति म समान व्यवहार गर्न प्रतिबद्ध छु।’

राष्ट्रपति पौडेलले अहिलेको अवस्थामा सबै राजनीतिक दलहरू सुझबुझसहित संविधानअनुसार नै अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘संविधानको रक्षा सबैको कर्तव्य हो’ उनले भने–‘मलाई सबैले जिताउनुको अर्थ पनि त्यही हो। मैले राजनीतिमा जति ज्ञान हासिल गरेको छु सबै ज्ञान र अनुभव संविधान रक्षाकै निम्ति खर्चनेछु।’

राष्ट्रपति पौडेलले देशमा सुशासन आवश्यक भएको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्नेमा पनि जोड दिए। ‘अहिले जनतामा निराशा जस्तो देखिएको छ यो निराशा हटाउँदै आशा र उत्साहको सञ्चार गराउनु आवश्यक छ–उनले भने–‘लोकतन्त्र प्रेमीहरुमा नयाँ जागरण ल्याएर देशमा उन्नतिको बाटो समात्नुपर्ने र सुशासनबाट देशको उन्नति हुनेछ। अहिले देशले यही खोजेको छ।’

बीपी संग्रहालयको आगन्तुक पुस्तिकामा हस्ताक्षरपछि बीपीको शालिकमा पुष्पगुच्छा चढाएका पौडेलले संग्रहालय परिसरमा ‘जकारान्डा’को बिरुवासमेत रोपेका छन्। यो ठूलो रूख हुने र पहेँलो फुल्ने बिरुवा हो।

पौडेलसँगै उनकी धर्मपत्नी र छोरा पनि साथमै रहेका थिए। राष्ट्रपति पौडेलसँग कुनै पनि दलका नेता सहभागी थिएनन्। सोही क्षेत्रका प्रदेश सांसद विमल ठकुरी भने कार्यक्रमा देखिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved