हत्या घटनाका आरोपित गिरफ्तार

हत्या घटनाका आरोपित गिरफ्तार

सुर्खेत। नारायण नगरपालिका–११ विन्ध्यवासिनीको भन्भनेका ५२ वर्षीय गगने कामीको हत्या गरेको आरोपमा त्यही ठाउँका २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढालाई प्रहरीले बिजौराको जंगलबाट फागुन २३ गते गिरफ्तार गरेको छ ।

कुटपिट गरेका भन्ने जानकारीका आधारमा घटनास्थल पुगेर प्रहरीले घाइते अवस्थामा फेला पारेको, उपचारका लागि दैलेख अस्पताल पुर्‍याएपछि फागुन २२ गते राति दैलेख अस्पतालमा ज्यान गए जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले बताए ।

छिमेकीका श्रीमान् श्रीमती झगडा गरिरहेको ठाउँमा सम्झाउन खोज्दा गगनबहादुरमाथि जाई लागेर ढुंगा लाठी समेतले टाउको, छाती र ढाडमा प्रहार गरेको कारण कडा चोट लागेर अत्यधिक रगत बगेको कारण घाइतेको ज्यान गएको उपचारमा संलग्न दैलेख अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् ।

मृतकको पोस्टमार्टम फागुन २३ गते दैलेख अस्पतालमा भयो । घटनाको विस्तृत अनुसन्धानका सुरु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी लम्सालले बताए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved