नायिका सुरक्षा पन्तले कसिन् प्रेमी मानवसँग लगनगाँठो

नेपालभ्युज

नायिका सुरक्षा पन्तले कसिन् प्रेमी मानवसँग लगनगाँठो

काठमाडौं। नेपाली चलचित्रकी नायिका सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी छिन्। चितवन सौराहास्थित एक रिसोर्टमा उनीहरूले विवाह गरेका हुन्।

केही आफन्त र निकट साथीभाइको मात्रै उपस्थितिमा उनीहरूको वैवाहिक कार्यक्रम भएको बुझिएको छ। सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।

तस्वीरमा सुरक्षाले आफ्नो विवाहको रमझम र ड्रेस सहितको फोटो सार्वजनिक गरेकी छिन्। जसमा उनले सुन्तला रङको सारी र उनका प्रेमी (दुलाहा) मानवले चाहिं वैजनी रङको कोट र दौरा सुरुवाल लगाएका छन् । तस्वीरमा दुवै जना खुसी देखिएका छन् ।

उनीहरूको विवाह कार्यक्रमा कुनै पनि सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन । उनीहरूले काठमाडौं फर्किएपछि रिसेप्सन दिने तयारी गरेको कुरा आफन्तलाई बताएका छन्। जहाँ मिडिया र चलचित्र क्षेत्रका साथीहरूलाई समेत निम्ता गरिने छ ।

कलाकारसमेत रहेका प्रेमी मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए। यो उनीहरूले नै सार्वजनिक गरेका थिए। भड्किलो विवाह नगर्ने सहमतिअनुसार मानव र सुरक्षाका नजिकका आफन्त र परिवार मात्रै बिहेमा उपस्थित छन् ।

उनीहरूले एक दिनअघि इन्गेजमेन्ट र मेहेन्दी समारोह गरेका थिए । त्यसमा पनि बाहिरका मानिसलाई बोलाइएको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved