‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को काठमाडौं अडिसन चैतमा

नेपालभ्युज

‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को काठमाडौं अडिसन चैतमा

काठमाडौं। ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को काठमाडौं अडिसन चैत ४ र ५ गते हुने भएको छ ।

आयोजक इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले प्राविधिक कारणले अडिसन एक हप्ता पछाडि सरेको जानकारी दिएको छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगी काठमाडौं स्टुडियो अडिसनमा सहभागी हुनेछन् ।

साथै, विदेशबाट सहभागी हुन चाहनेले ‘माई इन्ट्रा’ एप डाउनलोड गरेर रजिस्टर गर्न सक्ने आयोजकको भनाइ छ । यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालिटी शो भएको आयोजकको दाबी छ ।

आयोजकका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै, फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved